१६ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागी: १८ वटा इन्धन ट्यांकर जलेर नष्ट

अ अ+ अ-

काठमाडौँ । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तस्थित इस्लाम काला सीमा नाकामा भीषण आगलागी हुँदा इन्धन बोकेका १८ वटा ट्यांकर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । घटनामा अन्य तीन वटा ट्यांकरमा पनि क्षति पुगेको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले बिहीवार जानकारी दिएको छ । उक्त आगलागीले निकै विकराल रूप लिएको थियो । सूचना प्राप्त हुनासाथ घटनास्थलमा खटिएको अग्नि नियन्त्रक टोलीले कडा परिश्रमपछि आगोलाई नियन्त्रणमा लिएको छ ।

समयमै नियन्त्रण प्रयास गरिएका कारण आगोलाई थप फैलिनबाट रोक्न सकिएको अधिकारीहरूले बताएका छन् । हालसम्म आगलागीको यकिन कारण खुल्न सकेको छैन । घटनापछि सुरक्षाकर्मी र विपद् व्यवस्थापन टोली घटनास्थलमै रहेर परिस्थितिको निगरानी गरिरहेका छन् भने क्षतिको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको छ ।

हेरात शहरबाट करिव १२० किलोमिटरको दूरीमा अवस्थित इस्लाम काला नाका अफगानिस्तान र इरानबीचको प्रमुख स्थल मार्ग हो । व्यापारिक र पारवहनको दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिने यो नाकाबाट दैनिक हजारौँ यात्रु र ठूलो परिमाणमा मालसामानको आवतजावत हुने गर्छ । पछिल्लो घटनाले यस क्षेत्रको आपूर्ति व्यवस्थामा केही समय अवरोध पुग्ने देखिएको छ ।

0 Comments