काठमाडौँ । सरकारले करदाता प्रोत्साहन उपहार अन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ ।
शुक्रवार आन्तरिक राजस्व विभागले एक कार्यक्रमकाबीच असोज महिनाको पहिलो पाक्षिक पुरस्कार अन्तर्गत १५ जना र एक जना बम्पर गरी १६ जना विजेता घोषणा गरेको हो ।
प्रत्येक दिनका दरले १५ जनाले जनही १ लाख र एक जनाले बम्पर उपहारअन्तर्गत १० लाख रुपैयाँ पाएका हुन् ।
विभागका अनुसार नेपाल पेट्रो ल्युब प्राइभेट लिमिटेडबाट २१ हजार रुपैयाँको समान किन्ने कुपन नम्बर ०७३११०२०२५०१ का ग्राहकले बम्पर उपहार जितेका हुन् ।
आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ कार्यान्वयनमा ल्याएको हो ।



