१७ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करदाता प्रोत्साहन उपहार कार्यक्रम : कसले पाए असोजको १० लाख राशिको बम्पर उपहार ?

अ अ+ अ-

काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत पर्साका लालबाबु साह कानुले १० लाख रुपैयाँ राशिको बम्पर उपहार पाएका छन्। उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा गरेको कारोबार १५ दिने बम्पर उपहारका लागि छनोट भएको हो।

आन्तरिक राजस्व विभागले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन उपहारका विजेता घोषणा गरेको हो।

प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरेका थिए।

घोषणा अनुसार पर्साका कानुले १० लाख रुपैयाँको १५ दिने बम्पर उपहार पाएका हुन्। उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमसँग सम्बन्धित कारोबार नै बम्पर उपहारका लागि छनोट भएको विभागले जनाएको छ।

विजेता घोषणा भएलगत्तै आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले कानुलाई फोनमार्फत सम्पर्क गरी बधाई दिएका थिए। भूषालले पुरस्कार प्राप्त गर्ने प्रक्रियाका लागि नजिकको कर कार्यालयमा सम्पर्क गर्नसमेत उनलाई आग्रह गरेका छन्।

तीन करोड १८ लाखभन्दा बढी कारोबार उपहारका लागि योग्य
आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगदमार्फत वस्तु तथा सेवा खरिद गरी बिल लिएका उपभोक्ताका कुल तीन करोड १८ लाख १८ हजार २८६ वटा कारोबार करदाता प्रोत्साहन उपहार कार्यक्रमका लागि योग्य भएका थिए।

त्यसमध्ये नगद कारोबार गरेर बिल लिएका उपभोक्ताका दुई लाख ४७ हजार ९७९ वटा कारोबार कार्यक्रममा समावेश भएका थिए।

यस्तै, अनलाइन तथा कार्डमार्फत भुक्तानी गरेर वस्तु खरिद गरेका उपभोक्ताका तीन करोड १५ लाख ७० हजार ३०७ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए।

यी सबै योग्य कारोबारमध्येबाट कानुले गरेको २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिदसम्बन्धी कारोबार १० लाख रुपैयाँ राशिको १५ दिने बम्पर उपहारका लागि छनोट भएको हो।

दैनिक एक लाख रुपैयाँका विजेता पनि घोषणा
करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १५ दिने बम्पर उपहारसँगै असोज १ देखि १५ गतेसम्मका दैनिक उपहार विजेतासमेत घोषणा गरिएको छ।

कार्यक्रम अन्तर्गत दैनिक एक लाख रुपैयाँका दरले उपहार पाउने विजेताहरूको कुपन विवरण पनि आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको छ।

यसरी असोज महिनाको पहिलो १५ दिनमा नगद, अनलाइन तथा कार्डमार्फत कारोबार गरी बिल लिएका उपभोक्तामध्ये दैनिक उपहारका विजेतासँगै १० लाख रुपैयाँको बम्पर उपहार विजेता छनोट गरिएको हो।

0 Comments