१६ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्यास आपूर्तिमा कृष्णभीरको पहिरो मुख्य अवरोध भएको मन्त्री साहको दाबी 

अ अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले कृष्णभीरको पहिरो एलपीजी ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोधका रूपमा पहिचान भएको बताएका छन्। 

उक्त अवरोध हटाउन जनशक्ति र मेसिनरी परिचालन बढाइएको भन्दै उनले ग्यास आपूर्ति सहज बन्दै गएको दाबी गरेका छन्।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मन्त्री साहले ग्यास अभाव समाधानका लागि आयातदेखि उपभोक्ताको भान्सासम्मको आपूर्ति प्रक्रियामा रहेका समस्या पहिचान गरी काम भइरहेको बताएका हुन्।

उनका अनुसार मन्त्रालयले ग्यासको लोडिङ, ढुवानी, भण्डारण, रिफिलिङ र वितरणसँगै मागको भौगोलिक असन्तुलन, बजार व्यवस्थापन तथा सुरक्षाका पक्षसमेत विश्लेषण गरिरहेको छ।

“लोडिङदेखि ढुवानी, भण्डारण, रिफिलिङ, वितरण, डिलर हुँदै उपभोक्ताको भान्सासम्म सम्पूर्ण सप्लाई चेनलाई एउटै प्रणालीको रूपमा हेरेका छौँ,” उनले भनेका छन्।

मन्त्री साहले पदभार ग्रहण गरेलगत्तै आपूर्ति समस्याको प्राविधिक विश्लेषण गर्न ‘फिसबोन डायाग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गरेको उल्लेख गरेका छन्। सोही विश्लेषणबाट कृष्णभीरको पहिरो महत्त्वपूर्ण अवरोधका रूपमा पहिचान भएपछि सडक खुलाउन दोब्बर जनशक्ति र मेसिनरी परिचालन गरिएको उनको भनाइ छ।

ग्यास अभाव समाधानका लागि तत्काल राहत, मध्यम अवधिमा प्रणाली सुधार र दीर्घकालीन ऊर्जा सुरक्षालाई आधार बनाएर काम भइरहेको उनले बताएका छन्। तत्काल नागरिकलाई ग्यास उपलब्ध गराउने विषयमा सरकार गम्भीर रहेको भन्दै उनले भण्डारण क्षमता विस्तार, बोटलिङ तथा वितरण क्षमता वृद्धि र आपत्कालीन मौज्दातको व्यवस्थाका लागि सरोकारवालासँग छलफल भइरहेको जानकारी दिएका छन्।

बैठकमा मन्त्री साहले दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र मूल्य नियन्त्रण पनि सरकारको प्राथमिकतामा रहेको बताएका छन्। बजार अनुगमनलाई स्वच्छ प्रतिस्पर्धा र उपभोक्ता अधिकार संरक्षणको साधनका रूपमा अघि बढाइने उनको भनाइ छ।

चाडबाडका समयमा बजार अनुगमनमा कडाइ गरिएको उल्लेख गर्दै उनले उपभोक्ताको हित विपरीत काम गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने बताएका छन्।

0 Comments