१७ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू-उपग्रह

अ अ+ अ-

बिस्केक । किर्गिस्तानले इतिहासमा पहिलोपटक आफ्नो राष्ट्रिय भू-उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित भानडेनबर्ग स्पेस फोर्स बेसबाट स्थानीय समयअनुसार अक्टोबर १ मा सो भू–उपग्रह प्रक्षेपण गरिएको हो । 

यस ऐतिहासिक क्षणमा किर्गिस्तानका राष्ट्रपति सादिर जापारोभ आफैँ प्रक्षेपण केन्द्रमा उपस्थित थिए । अमेरिकी अन्तरिक्ष संस्था स्पेस–एक्सको फाल्कोन ९ रकेटमार्फत अन्य धेरै भू–उपग्रहहरूसँगै किर्गिस्तानको स्याटेलाइटलाई पृथ्वीको कक्षमा स्थापित गरिएको हो । राष्ट्रपति कार्यालयकाअनुसार यस भू–उपग्रहको नियन्त्रण किर्गिस्तानको राजधानी बिस्केकस्थित केन्द्रबाट गरिनेछ ।

यस प्रविधिको प्रयोगबाट किर्गिस्तानले कृषि जमिन, हिमनदी, जलस्रोत, वन क्षेत्र र चरिचरन क्षेत्रको प्रभावकारी निगरानी गर्न सक्नेछ । प्राकृतिक पारिस्थितिक प्रणालीमा आउने परिवर्तनहरूको सूक्ष्म अध्ययन गर्न यो भू–उपग्रह कोसेढुङ्गा सावित हुने सरकारी दाबी छ ।

विशेषगरी प्राकृतिक विपद्को पूर्वसूचना तथा निगरानीमा यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ। खडेरी, बाढी, पहिरो र डढेलोजस्ता विपद्को संकेत छिटो पत्ता लगाउन सकिने भएकाले क्षति न्यूनीकरणका लागि थप अवसर सिर्जना हुनेछ । 

भविष्यमा यस भू–उपग्रहबाट प्राप्त तथ्याङ्कलाई सरकारी डिजिटल प्रणालीसँग एकीकृत गरिने योजना छ । यसले सरकारी निर्णय प्रक्रिया, लगानीको योजना तर्जुमा र विभिन्न राज्य कार्यक्रमहरूको अनुगमनलाई थप वस्तुनिष्ठ र पारदर्शी बनाउन सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ ।

0 Comments