१८ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संसद् र समाजमा ‘खुला मञ्च’ को खाँचो छ’ : गगन थापा

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संसद् र समाजमा ‘खुला मञ्च’ को खाँचो रहेको बताएका छन् ।

आईतवारबाट काठमाडौँको खुला मञ्चमा सुरु भएको पार्टीको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै थापाले संसद्को गरिमा जोगाउन प्रधानमन्त्रीको सम्मानजनक उपस्थिति अनिवार्य रहेको बताएका हुन् । 

थापाले संसद् अहिले अवरुद्ध र बन्द अवस्थामा रहेको टिप्पणी गर्दै प्रधानमन्त्रीले आफूलाई निर्वाचित गर्ने र नगर्ने दुवै पक्षका सांसदप्रति जबाफदेही हुनुपर्नेमा जोड दिए । 

थापाले केवल संसद् मात्र होइन, समाजका विभिन्न तप्कामा पनि संवादको संस्कृति हराएको भन्दै चिन्ता व्यक्त गरे। उनले पहाड र मधेस, जातजाति र धर्मका नाममा हुने टीकाटिप्पणी भन्दा पनि एकले अर्कासँग गर्ने संवाद नै आजको आवश्यकता भएको औँल्याए । 

उनले भने, ‘आज नेपालमा यस्ता खुला मञ्चहरू धेरै ठाउँमा आवश्यक छन् । सबैभन्दा पहिले, खुला मञ्च संसद्भित्र चाहिएको छ । संसद् त्यतिबेला मात्र साँच्चिकै खुला हुन्छ, जब आफूलाई प्रधानमन्त्री बनाउने र नबनाउने सबै सांसदप्रति, संसद्को गरिमा र जनताको सम्मानका लागि प्रधानमन्त्रीको उत्तरदायी उपस्थिति रहन्छ । त्यसैगरी, समुदायका बीचमा पनि खुला मञ्च चाहिएको छ । पहाडले मधेसका बारेमा होइन, पहाड र मधेसबीच संवाद हुनुपर्छ । एउटा जातले अर्को जातका बारेमा होइन, एक–अर्कासँग संवाद गर्नुपर्छ । एउटा धर्मले अर्को धर्मका बारेमा होइन, एक–अर्कासँग संवाद गर्नुपर्छ । एउटा पुस्ताले अर्को पुस्ताका बारेमा फैसला सुनाउने होइन, पुस्ताहरूबीच संवाद हुनुपर्छ । राज्य र नागरिकबीच पनि खुला संवादको मञ्च आवश्यक छ । डिजिटल प्लेटफर्ममा पनि केवल प्रतिक्रिया र आरोप-प्रत्यारोप होइन, तथ्य, तर्क र विचारले स्थान पाउने खुला मञ्च निर्माण गर्नुपर्छ । खुला संवादबाटै लोकतन्त्र बलियो हुन्छ ।’

सभापति थापाले डिजिटल प्लेटफर्मको प्रयोगमा पनि प्रश्न उठाए । उनले हालको डिजिटल मञ्चमा तथ्य र तर्कभन्दा केवल प्रतिक्रियात्मक प्रवृत्ति हाबी भएको बताउँदै डिजिटल युगमा पनि तार्किक बहस र तथ्यको सम्मान हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।  नागरिक र राज्यबीचको दूरी घटाउन यस्ता मञ्चहरू प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ छ ।

0 Comments