२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यालय सहयोगीदेखि पीएसओसम्मलाई जीवनरक्षा तालिम दिँदै स्वास्थ्य मन्त्रालय, कर्मचारी पठाउन पत्राचार

सरकारी कार्यालयमै आकस्मिक स्वास्थ्य समस्या आइपर्दा तत्काल प्राथमिक जीवनरक्षा सहायता दिन सक्ने जनशक्ति तयार गर्न स्वास्थ्य मन्त्रालयले विभिन्न मन्त्रालयका कर्मचारीलाई सीपीआर, चोकिङ र आधारभूत जीवन सहायतासम्बन्धी व्यावहारिक तालिम दिने भएको छ।

अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीलाई आकस्मिक अवस्थामा जीवनरक्षा गर्न आवश्यक आधारभूत सीप सिकाउने भएको छ।

मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुले आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रमअन्तर्गत सरकारी कर्मचारीलाई आधारभूत जीवन सहायता (बीएलएस) सम्बन्धी एक दिने व्यावहारिक तालिम दिन लागेको हो।

तालिममा आकस्मिक अवस्थामा मुटुको धड्कन वा श्वासप्रश्वास रोकिँदा गरिने कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर), घाँटीमा खाना वा अन्य वस्तु अड्किएर श्वासप्रश्वास अवरुद्ध हुने अवस्था (चोकिङ) तथा अन्य आधारभूत जीवनरक्षा सीप सिकाइनेछ।

चार चरणमा तालिम
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा असोज २६ देखि २९ गतेसम्म चार चरणमा तालिम सञ्चालन हुनेछ। प्रत्येक दिन बिहान ९ बजेदेखि तालिम सुरु हुने मन्त्रालयले जनाएको छ।

तालिममा सम्बन्धित मन्त्रालयका कार्यालय सहयोगी, व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) वा सोही प्रकृतिको जिम्मेवारीमा रहेका कर्मचारी तथा राजपत्र अनंकित प्रथम र द्वितीय श्रेणीका कर्मचारीलाई सहभागी गराइनेछ।

प्रत्येक मन्त्रालयबाट प्रत्येक चरणमा एक जना कर्मचारी सहभागी गराउने व्यवस्था मिलाइएको छ।

मन्त्रालयहरूलाई कर्मचारी पठाउन पत्राचार
स्वास्थ्य मन्त्रालयले तालिममा कर्मचारी सहभागी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयलाई पत्राचार गरिसकेको छ।

कार्यालयमा सेवाग्राही वा कर्मचारीलाई अचानक हृदयाघात, श्वासप्रश्वास अवरोध वा अन्य आकस्मिक स्वास्थ्य समस्या देखिएको अवस्थामा स्वास्थ्यकर्मी वा एम्बुलेन्स आइपुग्नुअघि तत्काल गर्न सकिने आधारभूत जीवनरक्षा सहायता उपलब्ध गराउन सक्ने जनशक्ति तयार गर्नु तालिमको उद्देश्य हो।

0 Comments