२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस रकमसहित पक्राउ परेका नापी सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अंशबण्डाअनुसार नक्सा संशोधन गर्न सेवाग्राहीसँग रकम लिएको अख्तियारको दाबी, बिगो बराबर जरिवाना र कैद सजाय माग

अ अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिबास, महोत्तरीका सर्वेक्षक शिवकुमार साहविरुद्ध एक लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बुधबार साहविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागदाबीसहित विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो।

आयोगका अनुसार बर्दिबास नगरपालिका–१ स्थित नापी कार्यालयमा कार्यरत साहले जग्गाको अंशबण्डाअनुसार नक्सा ट्रायल चेक गरी त्यसका आधारमा नक्सा संशोधन गरिदिने काममा सेवाग्राहीलाई आलटाल तथा दुःख हैरानी दिएर घुस मागेको उजुरी परेको थियो।

उजुरीका आधारमा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

नक्सा संशोधनमा आलटाल गरेर घुस मागेको आरोप
आयोगले अनुसन्धानका क्रममा साहले अंशबण्डाअनुसार नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने काममा आलटाल गरेको र सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेर लिएको पुष्टि भएको दाबी गरेको छ।

सोही आधारमा उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा चलाइएको हो।

आयोगले एक लाख रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद तथा सोही दफाअनुसार बिगो बराबर जरिवाना गर्न माग गरेको छ।

0 Comments