२६ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

अ अ+ अ-

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्री डाँडामा आज साँझ बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–६ छापस्वारा बस्ने ४७ वर्षीया इन्द्रमाया गुरुङको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । दुर्घटनामा घाइते गुरुङलाई उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका उनले बताए ।

दुर्घटनामा घाइते भएका छ जनाकै आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रनाउ घिमिरेले बताए । दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको नेतृत्वमा ट्राफिक प्रहरीसहित १० जनाको टोली घटनास्थलमा खटिएको थियो ।

जिप चालक आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्क निवासी ३३ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरेको छ । 

0 Comments