काठमाडौँ । लोक सेवा आयोगले परीक्षामा अनियमित कार्य (चिटिङ तथा नियम विपरीत कार्य) गर्ने दुई उम्मेदवारहरूलाई कारबाही गरेको छ। आयोगको केन्द्रीय कार्यालयले मंगलवार सूचना जारी गर्दै प्रबिन कुमार साह र तारा खनालको परीक्षा रद्द गरी कारबाही गरिएको जनाएको हो।
असोज २० गते बसेको बैठकको निर्णयानुसार उनीहरूलाई लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१ को उपदफा (२) बमोजिम कारबाही गरिएको आयोगले जनाएको छ ।




