काठमाडौँ । यात्रुलाई हैरानी दिएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
रौतहटको गौर नगरपालिका–१ का ४३ वर्षीय विशाल कुमार जैसवाल, भारतीय नागरिक ४२ वर्षीय रन्जन कुमार र सिरहाका ५१ वर्षीय राम कलेवर यादवलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार उनीहरूले सार्वजनिक यातायातका यात्रुहरूलाई दुख हैरानी दिएको आरोप छ । हाल उनीहरूलाई अभद्र व्यवहारको कसुरमा ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



