२८ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

अ अ+ अ-

काठमाडौँ । चन्द्रपुर नगरपालिका-८ मोतीपुरस्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । बिहान करिब १०:५५ बजेको समयमा सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको मुन लाइट एकेडेमीले सञ्चालन गरेको बसले ठक्कर दिई घरअगाडि बाटो छेउमा खेलिरहेकी बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसै सन्दर्भमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बसको ठक्करबाट बालिकाको टाउकोको पछाडि पट्टीको भागमा गम्भीर चोट लागि घटनास्थलमै मृत्यु भएको जानकारी दिएका छन् । प्रहरीले घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि नजिकको चन्द्रपुर सरकारी अस्पताल लगेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार ठक्कर दिने बस चालक रौतहट चन्द्रपुर नगरपालिका–४ बस्ने ४५ वर्षीय कान्छा राईसहित बसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा राखिएको छ । सो घटनाबारे थप अनुसन्धान भइरहेको र अहिले अस्पताल परिसरमा स्थानीय जनताको बाक्लो उपस्थिति रहेको प्रहरीले जनाएको छ । 

0 Comments