१ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनका कैदीबन्दीलाई दसैँको उत्साह छैन

अ अ+ अ-

चितवन । विगतका वर्षमा दसैँ उत्सवका रूपमा मनाउँदै आएका कारागारका कैदीबन्दीहरूमा अहिले उत्साह देखिँदैन । गत भदौ १० गते आएको भोटेकोशी बाढीका कारण देश शोकमा रहेकाले पनि कारागार कैदीहरूमा उत्साह छैन ।

विगत १५ वर्षदेखि कारागारमा कैद जीवन बिताउँदै आएका पदमबहादुर थारू (नाम थर परिवर्तित) अघिल्ला वर्षहरूको जस्तो उत्साह दसैँमा नभएको बताउँछन् । उनले भने, “अघिल्ला वर्षहरूमा दसैँमा जस्तो रमाइलो गर्ने सोचमा हामी छैनौँ ।” यो वर्ष शुद्ध शाकाहारी तरिकाले दसैँ मनाउने योजना रहेको उनले जानकारी दिए ।

अघिल्ला वर्षहरूमा विभिन्न किसिमका खेलकुद, सांस्कृतिक कार्याक्रम तथा सामूहिक भोज जस्ता कार्यक्रमहरू हुने गरेको भए पनि यस वर्ष त्यस्तो नहुने अर्का कैदी कृतन शर्मा (नाम थर परिवर्तित) बताउँछन् । अघिल्ला वर्षहरूमा सामूहिक भोजका लागि राँगा, कुखुरा, बोका, खसीलगायत पशु चौपाया ल्याएर काट्ने गरिएको भए पनि यस वर्ष त्यस्तो नगरिने उनले बताए । उनले भने, “कसैले व्यक्तिगत रूपमा खान्छ भने खाउन तर सामूहिक रूपमा हुने काम हुँदैन यो वर्ष ।” टीकाको तीन दिन घरपरिवारसँग बसेर टीका लगाउनेबाहेक अन्य कार्यक्रमहरू नगर्ने उनले जानकारी दिए ।

कारागारभित्र आएपछि सबै साथीहरू आफ्नै परिवार जस्तो लाग्ने भन्दै उनले बाहिर हुँदाभन्दा यहाँ भित्र फरक किसिमको रमाइलो पाएको बताए । अघिल्ला वर्षहरूमा यहाँ बसेर दसैँ मनाउँदा पनि त्यस्तो खासै घरको याद नआएको उनको भनाइ छ । अहिले पहिलेको जस्तो नगर्ने मनस्थितिमा कारागारको आन्तरिक प्रशासन पुगेको छ ।

अघिल्ला वर्षहरूमा दसैँको बेलामा नाचगान गर्ने गरिएकामा कारागारका दिदीबहिनीहरू यस वर्ष नाचगान गर्ने सोचमा छैनन् । उनीहरू आन्तरिक रूपमा कुनै कार्यक्रम गर्ने पक्षमा नभए पनि टीकाको दिन परिवारसँग टीका थाप्ने योजनामा रहेका छन् । विगत १० वर्षदेखि कैद जीवन बिताउँदै आएकी उर्मिला सुब्बा (नाम थर परिवर्तित) अहिलेको दसैँ बाढीपहिरोले लगेको बताउँछिन् । देश नै शोकमा रहेको समयमा उत्साहसहित दसैँ मनाउने सोच आफूहरूमा नरहेको उनले बताइन् ।

अहिले कारागार कार्यालयमा ७३९ जना कैदीबन्दी रहेका छन् । जसमध्ये ४६ महिला र ६९३ पुरुष रहेका छन् । कारागार कार्यालय चितवनका सूचना अधिकारी चेतनाथ ढुंगाना अहिले कारागार प्रशासन र आन्तरिक प्रशासनले दसैँलाई उत्साहका साथ नमनाउने योजना बनाएको बताए । आम नेपालीलाई उमंग नभएको समयमा यहाँ रहेका कैदीबन्दीहरूलाई पनि नरमाइलो लागेको उनले बताए । अहिले सबैले सामान्य तरिकाले मनाउने योजना बनाएको उनको भनाइ छ ।

0 Comments