१ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

अ अ+ अ-

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ बस्ने २१ वर्षीया युपना राईसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको उक्त सुमो दुर्घटनामा घाइते भएका चालक र एक यात्रुको सिन्धुली अस्पताल र अन्य दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

त्यस्तै, सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकस्थित सडकमा लु२ख ६९१२ नम्बरको ट्रकले को२५प २७४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–९ बबिया बस्ने ५० वर्षीया रितादेवी यादवको मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिका–५ भोर्लेस्थित सडकमा प्र १–०५–००१ प ९६८२ नम्बरको मोटरसाइकल र बा ०१–००६ ख ६८४४ नम्बरको इभी गाडी एकआपसमा ठोक्किँदा सोही ठाउँ बस्ने ३० वर्षीय मोटरसाइकल चालक सुमन श्रेष्ठको मृत्यु भएको हो ।

धनुषाको जनकपुर उपमहानगरपालिका–१७ तेतरिया पुलस्थित सडकमा ज ११ प ३०५८ नम्बरको मोरटसाइकल र म प्र ०२–००९ प ११५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा सोही ठाउँका १८ वर्षीय सुजित यादवको मृत्यु भएको छ । उक्त दुर्घटनामा घाइते भएका तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–५ झुङगी टोलस्थित सडकमा बीआर ३८ एच ३५०४ नम्बरको मोटरसाइकल र प्र १–०२–०४५ प ८९६६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ ।

रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित सडकमा बा३७प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार फतुवा विजयपुर नगरपालिका–२ शीतलपुर बस्ने ७० वर्षीया सोमरियादेवी ठाकुरको मृत्यु भएको छ ।

रोल्पाको माडी गाउँपालिका–१ चालाङ भिरस्थित सडकमा घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु प्र ०२–००१ ह १९४७ नम्बरको अटो आज बिहान दुर्घटना हुँदा त्यसमा सवार सोही गाउँपालिका–१ घोर्नेटी बस्ने ३२ वर्षीया खुमाकुमारी भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

0 Comments