८ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँलाई दौडिएर मात्र होइन, महसुस गरेर अपनत्व लिनुपर्छः कार्यवाहक प्रमुख डंगोल

अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँका ऐतिहासिक गल्ली र सम्पदाहरू केवल भौतिक संरचना मात्र नभई यहाँको विशिष्ट जीवनशैली भएकाले यसलाई दौडिएर मात्र नभई गहिरोसँग महसुस गरेर अपनत्व लिनुपर्ने बताएकी छन् । 

महानगरपालिकाद्वारा आयोजित ‘हेरिटेज रन’ का अवसरमा बोल्दै उनले नागरिक, सम्पदा र संस्कृतिलाई केन्द्रमा राखेर महानगरले आफ्ना कार्यक्रमहरू अघि बढाइरहेको स्पष्ट पारेकी हुन् । काठमाडौँ महानगरपालिकाद्वारा वसन्तपुर क्षेत्रबाट सुरु गरिएको १० किलोमिटर लामो ‘हेरिटेज रन’ मा विभिन्न उमेर समूहका धावकहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले बिहानीपखको काठमाडौँको मौलिक सुगन्ध, भजन–कीर्तन, परम्परागत खाजा र मन्दिरहरूको वातावरणले नै सहरलाई जीवन्त बनाउने भन्दै पैदल वा दौडिएर यात्रा गर्दा सहरसँग आत्मीय सम्बन्ध स्थापित हुने उल्लेख गरिन् । 

हेरिटेज रनमा हजुरबुवा–हजुरआमादेखि नातिनातिनासम्मका तीन फरक पुस्ताको उत्साहजनक सहभागिता देखिएको थियो । डंगोलकाअनुसार ७५ वर्षका ज्येष्ठ नागरिकदेखि युवा तथा बालबालिकासम्मले १० किलोमिटरको दूरी पार गरेका थिए । अनलाइन दर्ता खुला गरिएको २४ घण्टाभित्रै निर्धारित कोटा पूरा भएपछि दर्ता प्रक्रिया बन्द गर्नुपरेको जानकारी दिँदै उनले नागरिकको यस्तो अभूतपूर्व चासोले आगामी दिनमा यस्ता रचनात्मक कार्यक्रमहरू थप गर्न ऊर्जा मिलेको बताइन् । यस हेरिटेज रनलाई महानगरपालिकाले आगामी कात्तिक १३ देखि १५ गते (अक्टोबर ३० देखि नोभेम्बर १) सम्म आयोजना गर्न लागेको ‘काठमाडौं फिल्म फेस्टिभल’ को प्रवर्द्धनात्मक कार्यक्रमका रूपमा समेत जोडेको छ । खेलकुद, साहित्य, कला र सम्पदालाई चलचित्रमार्फत एकाकार गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको डंगोलले जानकारी दिइन् । 

उनले भनिन्, ‘काठमाडौँ महानगरपालिकाले आयोजना गरेको हेरिटेज रन केवल दौड प्रतियोगिता होइन, काठमाडौँको संस्कृति, सम्पदा र जनजीवनसँग जोडिने अवसर हो । काठमाडौँका मन्दिर, गल्ली, परम्परा, संगीत र खानपानले हाम्रो मौलिक पहिचान झल्काउँछन् । त्यसैले हाम्रो उद्देश्य दौडिनु मात्र नभई काठमाडौँलाई महसुस गर्नु र यसप्रति अपनत्व बढाउनु हो ।’

महोत्सवको पहिलो दिन वसन्तपुर डबलीमा खुला आकाशमुनि विशेष स्क्रिनिङमार्फत कार्यक्रमको उद्घाटन गरिनेछ । त्यसैगरी दोस्रो र तेस्रो दिन ऐतिहासिक राष्ट्रिय सभागृह तथा जय नेपाल सिनेमा हलमा चलचित्रहरू प्रदर्शन गरिनेछ । सभागृहमा विशेषगरी ७० र ८० को दशकका पुराना मौलिक नेपाली चलचित्रहरू निःशुल्क देखाइने र जय नेपाल हलमा अन्तर्राष्ट्रिय चलचित्रहरूसहित कुल ४० चलचित्र प्रदर्शन हुनेछन् । फेस्टिभलमा सहभागी हुन इच्छुक दर्शकहरूले महानगरको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत निःशुल्क अनलाइन टिकट बुक गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

0 Comments