११ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थारुकल्याणकारिणी सभाले संकलन गरेको राहत सामाग्री रेडक्रसलाई हस्तान्तरण

अ अ+ अ-

काठमाडौँ । थारु कल्याणकारी सभा क्षेत्रीय समिति क्षेत्र नं. १ दाङ देउखुरीले सञ्चालन गरेको ‘एक घर एक किलो चामल दान अभियान’ अन्तर्गत संकलित राहत सामग्री नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको रोहवरमा बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा उक्त राहत सामाग्री नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश समितिलाई हस्तान्तरण गरिएको हो ।

सभाले लमही नगरपालिका-५ स्थित थारु कल्याणकारी सभा भवन, राप्ती गाउँपालिका-७ छुट्की सिसहनिया र राजपुर गाउँपालिकामा राहत संकलन केन्द्र स्थापना गरी खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री संकलन गरेको थियो ।

तीनवटा संकलन केन्द्रबाट ३३ हजार २७ किलोभन्दा बढी चामल संकलन भएको छ । त्यस्तै, १ हजार १०५ किलो दाल, २ हजार ४३३ किलो नुन, १७७ लिटर तेल, २९८ किलोभन्दा बढी लसुन, २०२ किलोभन्दा बढी बेसार, २२ किलोभन्दा बढी खुर्सानी, ३५ किलोभन्दा बढी गहुँ र ४० किलो पिठो संकलन गरिएको छ । यसका अतिरिक्त चाउचाउ र सोयाबिनलगायतका खाद्य सामग्री पनि संकलन गरिएको थियो ।

संकलित राहत सामग्री थारु कल्याणकारी सभा क्षेत्र नं. १ का सभापति गोकुलप्रसाद चौधरीले नेपाल रेडक्रस सोसाइटीका प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी ‘कृष्ण’लाई हस्तान्तरण गरेका हुन् । राहत सामग्री हस्तान्तरणका क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य रोहबरमा थिए। विपद् प्रभावित नागरिकलाई आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको थियो । स्थानीय समुदायको सहभागितामा संकलित राहत सामग्री विपद् प्रभावित नागरिकसम्म पुर्‍याउन रेडक्रसमार्फत सहयोग गरिएको हो । विपद् प्रभावितहरूलाई लक्षित गरी राहत सामाग्री संकलन गरिएको र उक्त सामाग्री विपद् प्रभावितसमक्ष पुर्‍याउने गरी रेडक्रसले भूमिका बढाउनुपर्ने मुख्यमन्त्री आचार्यले बताए ।

0 Comments