१२ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि फार्मलाई अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गरेको आरोपमा दुई पक्राउ

सिंहदरबारका विभिन्न मन्त्रालयका कर्मचारीसँग चिनजान रहेको भन्दै सहुलियत अनुदान दिलाउने आश्वासनमा रकम लिएको उजुरीपछि दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

अ अ+ अ-

काठमाडौँ । कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१३, ताहाँचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका-१४, नखिपोटका ६० वर्षीय प्रेम नारायण खनाल रहेका छन्। महर्जनलाई तिलक बुढाथोकी नामले समेत चिनिने प्रहरीले जनाएको छ।

जालिम सिंह महतोको जाहेरीका आधारमा पूजा खड्गीसमेत प्रतिवादी रहेको ठगीसम्बन्धी कसुरको अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन्।

जाहेरीअनुसार आरोपितहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको र त्यसकै आधारमा कृषि फार्मका लागि सहुलियत अनुदान सहजै उपलब्ध गराउन सक्ने विश्वास दिलाएका थिए।

सोही आश्वासनमा विभिन्न बहाना बनाई पटकपटक गरी कुल पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोप जाहेरीमा लगाइएको छ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर दुवै जनालाई नियन्त्रणमा लिइएको हो। उनीहरूविरुद्ध थप अनुसन्धानका लागि कात्तिक ११ गते अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ।

0 Comments