१६ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नियुक्ति सिफारिसलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सरकारलाई आवश्यक निर्देशन दिन्छौँ’: सभापति श्रेष्ठ

अ अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाइ समितिका सभापति वोधनारायण श्रेष्ठले संवैधानिक आयोग तथा सरकारी निकायमा नियुक्तिका लागि सरकारले गर्ने सिफारिस प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक निर्देशन दिने बताएका छन् । 

सोमवार संसदीय सुनुवाइ समितिको बैठकपछि कुरा गर्दै सभापति श्रेष्ठले सिफारिस प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउन समितिमार्फत सरकारलाई निर्देशन दिइने बताएका हुन् । 

उनले सरकारले नियुक्तिका लागि सिफारिस गर्नुअघि सम्बन्धित व्यक्तिको प्रोफाइल अध्ययन तथा अनुसन्धान गर्ने दायरालाई अझै फराकिलो बनाउनुपर्ने समेत बताए । उनले सरकारले नियुक्तिका लागि सिफारिस गर्नुअघि सम्बन्धित व्यक्तिको प्रोफाइल तथा पृष्ठभूमिबारे अध्ययन गर्ने भए पनि अनुसन्धानको दायरा सीमित हुँदा त्रुटि हुने गरेको बताए । यस्तै त्रुटि नदोहोरियोस् भनेर संसदीय सुनुवाइ समितिले सिफारिस भइआउने व्यक्तिविरुद्ध उजुरी आह्वान गर्ने परम्परा रही आएको सभापति श्रेष्ठको भनाइ छ । 

श्रेष्ठले समितिमा सुनुवाइका लागि पठाइएका सिफारिसलाई समितिले उल्ट्याउँदा सरकारको त्रुटिको रूपमा मात्रै बुझ्न नहुने पनि बताए । नियुक्तिका लागि सिफारिस गरेका विभिन्न देशका राजदूतहरू समितिबाट अस्वीकृत भएको उल्लेख गर्दै उनले आगामी दिनमा सरकारले नियुक्तिका लागि सिफारिस गर्ने व्यक्तिको छनोट र अध्ययन प्रक्रियामा सुधार ल्याउने विश्वास समेत व्यक्त गरे । संसदीय सुनुवाइ समितिको यो निर्णयले नियुक्तिका आकांक्षी तथा आवेदकलाई समेत आफ्नो योग्यता र क्षमताबारे आत्ममूल्यांकन गर्न बाध्य बनाउने बताए। 

उनले भने, ‘सरकारले संवैधानिक आयोग र सरकारी निकायका नियुक्तिको लागि सिफारिस गर्न उहाँहरूको क्षेत्र अलिकति सीमित छ । उहाँहले सम्बन्धित व्यक्तिको प्रोफाइल स्टडी गर्नुहुन्छ, केही रिफ्रेन्स छ भने त्यो पनि चेक गर्नुहुन्छ र त्यसको आधारमा सरकार सिफारिस गर्छ । तर सरकारको अनुसन्धान गर्ने क्षेत्र अलिकति सीमित छ । तर समितिमा सिफारिस भएर आइसकेपछि हामी उजुरी नै माग गर्छौँ । सरकारले प्रोफाइल स्टडी गर्दा नभेटिएका कुराहरू पनि उजुरीमार्फत समितिमा आउँछन् । समितिको अध्ययन र अनुसन्धान गर्ने केन्द्र नै फराकिलो भएको हुनाले सरकारले नियुक्ति सिफारिस गर्दा गरेका कमीकमजोरीहरू समितिले करेक्सन गर्छ । त्यही भएको कारण सरकारले सिधै नियुक्तिको लागि नपठाई कन समितिमा अध्ययनको लागि पठाउने परम्परा बसेको हो । हामीले यही हिसावले हेर्ने हो र सरकारले गरेको सिफारिसमा त्रुटि नै भयो भन्ने हिसाबले हेर्नु हुँदैन । यद्यपि, अहिले हामीले गरेको अभ्यासबाट केही सन्देश जान्छ भन्ने लाग्छ । जुन हिसाबले नियुक्तिको लागि सरकारले पठाउनुपर्ने क्यान्डिडेटहरु अहिले पठाइरहेको छ त्यसलाई अगामी दिनमा अझै फराकिलो हिसाबले अध्ययन गरेर पठाउँछ होला । यो सरकारको कुरा भइहाल्यो । दोस्रो, कोही पनि व्यक्ति आफैँ उम्मेदवार भइरहँदाखेरी पनि यो सुनुवाइ प्रक्रियाको कसीमा राखेर हेर्दा म साँच्चै त्यहाँ जान सक्छु कि सक्दिनँ भनेर आवेदश स्वयंले पनि हेर्छ होला भन्ने लाग्छ । अनि आवेदन दिइसकेपछि पनि भन्सुन वा अन्य तरिकाबाट म पद प्राप्त गर्ने अभ्यास कसैले गरिरहेको छ भने यो सम्भावना छैन भन्ने म्यासेज पनि अहिले गएको छ । त्यसकारण सिफारिसको गुणस्तरीय सुधार गर्ने कुरामा सरकारलाई निर्देशन दिन सकिँदैन भन्ने कुरा हुँदैन । हामी सिफारिस प्रक्रियालाई अझै व्यवस्थित र प्रभावकारी बनाउने  सम्बन्धमा सरकारलाई आवश्यक कुराहरू भन्छौँ ।’

हालै संसदीय सुनुवाइ समितिले साउदी अरेबिया र मलेसियाका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत गरेको थियो ।

साउदी अरबका लागि प्रस्तावित राजदुत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदुत चुडामणि खरेलको संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले पनि आफ्नो नाम फिर्ता लिनुभएको छ । यससँगै नियुक्तिका लागि सरकारको सिफारिस प्रक्रिया पुनरावलोकन गर्नुपर्ने कोणबाट बहस भइरहेको छ । 

0 Comments