१७ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपि हिमाल पर्यटन महोत्सव आजदेखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

अ अ+ अ-

काठमाडौँ । दार्चुलाको अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि तीन दिने ‘अपि हिमाल पर्यटन महोत्सव २०८३’ शुरु हुँदैछ ।

अपि हिमाल गाउँपालिका–१ स्थित पिल्कन्द, अपि हिमाल आधार शिविर क्षेत्रमा आयोजना हुने महोत्सवमार्फत गाउँपालिकाले अपिहिमालको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको छ । 

अपि हिमाल, कालीढुंगा, रिछार्दे र बयेली ताल, धर्मी गुफा, मार्कण्डेय गुफा, चमेलिया नदीको उद्गमस्थल तथा विशाल पाटन यस क्षेत्रका प्रमुख पर्यटकीय आकर्षण हुन् । प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गरी स्थानीयको आयआर्जन र रोजगारी बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले महोत्सव मनोरञ्जन र सांस्कृतिक कार्यक्रमको आयोजनामा मात्र सीमित नभई अपिहिमालको पहिचान बाहिरी संसारसम्म पुर्‍याउने अभियान भएको बताए। 

पर्यटन विकासमार्फत स्थानीय अर्थतन्त्र बलियो बनाउने र युवालाई गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने गाउँपालिकाको लक्ष्य रहेको उनको भनाइ छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा सांस्कृतिक झाँकी, साहित्यिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति, मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता, योग, ध्यान र जलवायु परिवर्तनसम्बन्धी संवादलगायत कार्यक्रम समावेश गरिएका छन् । महोत्सवमा सहभागी हुने पर्यटकका लागि आवास, सूचना, स्वास्थ्य र सुरक्षासम्बन्धी व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । महोत्सवलाई स्थानीय उत्पादनको बजार विस्तार गर्ने अवसरका रूपमा समेत हेरिएको छ । पर्यटकको आगमन बढेसँगै होमस्टे, होटल, कृषि उत्पादन, हस्तकला तथा घरेलु उद्यमले बजार पाउने स्थानीय उद्यमी तथा व्यवसायीको अपेक्षा छ । 

गाउँपालिकाले चालु आर्थिक वर्षमा १० हजार पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसअघि वार्षिक पाँच हजारभन्दा बढी पर्यटक आउने गरेको विवरणका आधारमा पर्यटकको संख्या दोब्बर बनाउने लक्ष्य लिइएको हो । तर महोत्सवका तीन दिनमा मात्र पर्यटकको चहलपहल बढाएर अपेक्षित उपलब्धि हासिल नहुने भएकाले वर्षभरि पर्यटक आकर्षित गर्ने पूर्वाधार, आवास, सूचना तथा सुरक्षा व्यवस्थापनलाई निरन्तरता दिनुपर्ने चुनौती गाउँपालिकासामु छ ।

0 Comments