काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले झापाको बुद्धशान्ति गाउँपालिका-४ स्थित भूमिहीन नागरिकको बस्तीमा पुगेर उनीहरूका समस्या तथा गुनासाबारे प्रत्यक्ष जानकारी लिएकी छन्।
स्थानीय नागरिकसँगको भेटघाटमा मन्त्री रावलले भूमिहीनका समस्या समाधानका लागि भइरहेका प्रयास तथा आगामी कार्ययोजनाबारे जानकारी गराएकी हुन्।
उनले भूमिहीन नागरिकका समस्या यथाशीघ्र समाधान गर्दै जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।
भूमिहीन नागरिकसँग प्रत्यक्ष संवाद गर्दै मन्त्री रावलले उनीहरूको समस्या र अपेक्षाबारे जानकारी लिएकी थिइन्।
मन्त्री रावलले भूमिहीन नागरिकका समस्या समाधान र लालपुर्जा वितरणलाई प्राथमिकतामा राखेर काम अघि बढाउने बताएकी छन्।




