१७ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाप्रति पर्यटन मन्त्रालयद्वारा दुःख व्यक्त, घटनाबारे अनुसन्धान सुरु

दुर्घटनामा मृत्यु भएका भारतीय नागरिकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना, घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु।

अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोलुखुम्बुमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ।

मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले दुर्घटनामा मृत्यु भएका भारतीय नागरिक बालकुमार बलरामकृष्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको हो।

मन्त्रालयका अनुसार मंगलबार बिहान करिब ८ बजेर १२ मिनेटमा सोलुखुम्बुको फाप्लु क्षेत्रमा एयर डाइनेस्टीको नाइन एन-एजेआर हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो।

दुर्घटनामा भारतको तमिलनाडु राज्यको चेन्नई निवासी बलरामकृष्णको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, दुर्घटनामा घाइते भएका न्युजिल्यान्डका नागरिक शैलेस किसन पटेललगायत अन्य व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

मन्त्रालयका अनुसार मृतकको शव व्यवस्थापनसम्बन्धी प्रक्रिया अघि बढाइएको छ भने घाइतेहरूको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयप्रकाश आचार्यद्वारा जारी विज्ञप्तिमा दुर्घटनाको कारण तथा परिस्थितिबारे यथार्थ तथ्य पत्ता लगाउन आवश्यक अनुसन्धान प्रक्रिया प्रारम्भ गरिएको उल्लेख छ।

अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक सुधारात्मक तथा निरोधात्मक उपाय अवलम्बन गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सुरक्षित, भरपर्दो र विश्वसनीय हवाई सेवा सुनिश्चित गर्न नीतिगत, संस्थागत तथा प्राविधिक सुधारका प्रयासलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

0 Comments