काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाका भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेकी छन् ।
भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकका समस्या, गुनासा तथा अपेक्षाहरू सुन्नुका साथै समस्या समाधानका लागि भइरहेका प्रयास र आगामी कार्ययोजनाबारे जानकारी गराइन् ।
भूमिहीन नागरिकका लालपुर्जा वितरण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले झापा भ्रमणका क्रममा नागरिकसँग प्रत्यक्ष संवादमार्फत समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताइन् । यससगैँ मन्त्री रावलको झापा भ्रमण झापा भ्रमण सम्पन्न भएको छ ।




