काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले आफ्ना गल्ती तथा कमजोरी ढाकछोप गर्न सभापति गगनकुमार थापाबारे अफवाह फैलाइएको भन्दै काँग्रेस धम्की दिँदैमा नतर्सिने बताएका छन् ।
बिहीवार पार्टी मुख्यालय सानेपामा पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले बिचौलिया इनम सापकोटा र गगनकुमारबीच कुनै पनि प्रकारको चिनजान र लेनदेन नभएको समेत उहाँले स्पष्ट पारे । बिचौलिया सापकोटा स्वयं प्रधानमन्त्रीको चुनावी प्रचारप्रसारमा हिँडेको देखिएको उनको भनाइ छ । महामन्त्री पौडेलले सरकारले काँग्रेस र सभापति थापामाथि लगाएको आरोपको पुष्टि गर्न समेत उनले चेतावनी दिए। उनले सरकारले कानूनअनुसार मर्यादामा बस्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘अहिले जुन ढंगबाट हाम्रो सभापतिको बारेमा चर्चा परिचर्चा चलेको छ यो विषयान्तर गर्नको लागि अफवाह फैलाइएको हो । यसले हामीलाई कुनै पनि प्रकारको असर गर्दैन । हामी कुनै पनि हिसाबले तर्सिँदैनौँ । इनम सापकोटासँग सभापतिज्यू कुनै पनि प्रकारको चिनजान नभएको र सम्बन्ध समेत नभएको कुरा हिजोको पत्रकार सम्मेलनमार्फत जानकारी गराइसकेका छौँ । बरु उहाँ अहिलेका प्रधानमन्त्रीज्यूको चुनावी प्रचारप्रसारमा कति ठाउँमा जानुभयो भनेर सोध्नुस् न । पहिले त सरकारले जे आरोप लगाइरहेको छ त्यो पुष्टि गरोस् न । सरकारले मर्यादामा बस्नु पर्दैन ? कानून कार्यान्वयन गर्नुपर्दैन ? यस्तो हुन्छ राज्य ? किन पक्राउ गर्ने ? के का लागि पक्राउ गर्ने ? पक्राउ गर्नको लागि त कानूनी आधार होला नि । सरकारले तर्क गर्नपर्यो त्यसको आधारमा हामी सहमत वा असहमत हुने कुरा होला । हामीले स्पष्टसँग भनेका छौँ छानबिन गर्न रोक्दैनौँ छानबिन गर्नुस् । पक्राउ नै किन गर्ने ?’
उनले निष्पक्ष रूपमा अनुसन्धान गर्न पार्टी सरकारलाई सहयोग गर्न तयार रहेको भए पनि जबरजस्ती धरपकडको प्रयास गरे प्रतिवाद गर्ने चेतावनी समेत दिए ।





