२१ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काँग्रेसको असली शत्रु गरिबी र बेरोजगारी हो, गगन थापालाई ‘भिलेन’ नबनाऊँ’ : डा. कोइराला

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एक अर्कालाई ‘भिलेन’ बनाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै गरिबी, अशिक्षा र बेरोजगारी नै पार्टीको मुख्य चुनौती रहेको बताएका छन् । 

काठमाडौँमा शनिवार आयोजित नेपाली काँग्रेसको १५ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले गगन थापाप्रति लक्षित आलोचनाले उल्टै उहाँको चर्चा र महत्व बढाइरहेको भन्दै यस्तो टिप्पणी गरेका हुन् । डा. कोइरालाले महाधिवेशनलाई पार्टीको भविष्य उजागर गर्ने ऐतिहासिक कडीको रूपमा अर्थ्याए । उनले १५ औँ महाधिवेशनलाई अत्यन्त गम्भीरतापूर्वक लिन कार्यकर्ताहरूलाई आग्रह गर्दै अधिवेशनको सफलतामा सहभागिताको ठुलो भूमिका रहने बताए । सुरुवाती चरणमा देखिएको उत्साहजनक उपस्थितिले अधिवेशन सफल भएको आभास दिएको उनको भनाइ छ । 

डा. कोइरालाले नेता गगन थापाको प्रसंग कोट्याउँदै भने, हामीले गगन थापालाई यति धेरै महत्व किन दिन्छौँ ? तपाईँ जति गाली गर्नुहुन्छ, उनको महत्व त्यति नै बढ्छ । त्यसैले उनको कुरै नगरौँ । फिल्ममा हिरोले भिलेनलाई मारेजस्तै हामी पनि राजनीतिक भिलेन खोजिरहेका छौँ, र त्यो पात्रका रूपमा गगन थापालाई देख्छौँ । तर त्यो हाम्रो भ्रम हो । हाम्रो असली भिलेन गरिबी, अशिक्षा र बेरोजगारी हो । तिनको विरुद्धमा लड्नु नै आजको आवश्यकता हो ।’

डा. कोइरालाले राजनीतिमा ‘अरूलाई कुरूप देखाएर आफू सुन्दर बन्न सकिँदैन’ भन्दै कार्यकर्ताहरूलाई एकताको सन्देश दिए। उनले पार्टीका कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने र तल्लो तहदेखि नै पार्टी संगठनलाई बलियो बनाउन सक्रिय हुनुपर्नेमा जोड दिएका छन्। 

0 Comments