४ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी कार्यालयमा बिचौलियाको हस्तक्षेप भए जानकारी दिन अर्थमन्त्री डा. वाग्लेको आग्रह

अ अ+ अ-

विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कार्यालयमा बिचौलियाको हस्तक्षेप, अनुचित रकम माग वा कानुनसम्मत काममा अवरोध भए सरकारलाई जानकारी दिन निजी क्षेत्रलाई आग्रह गरेका छन्। 

शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा उनले त्यस्ता गतिविधिमा संलग्न जोसुकैलाई कानुनी कारबाही गरिने बताए।

वाग्लेले भ्रष्टाचारले व्यवसायको लागत बढाउने, पहुँचका आधारमा अवसर बाँडिने अवस्था सिर्जना गर्ने र प्रतिस्पर्धा कमजोर बनाउने बताए। कानुनसम्मत निजी सम्पत्ति, उद्योग, व्यवसाय र लगानीको सुरक्षा सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै उनले समान अवसर र निष्पक्ष प्रतिस्पर्धाको वातावरण बनाउने प्रतिबद्धता जनाए।

आगामी चार महिनालाई सुधारका कामको परिणाम देखाउने अवधिका रूपमा लिएको मन्त्री वाग्लेले बताए। सरकारले निजी क्षेत्रसँगको सहकार्यमा सुधार अघि बढाउने बताउँदै उनले नयाँ उद्योग स्थापना, उत्पादन क्षमता विस्तार, आधुनिक प्रविधिको प्रयोग तथा कृषि प्रशोधन, ऊर्जा र पर्यटनमा लगानीका योजना अघि बढाउन व्यवसायीलाई आग्रह गरे।

वाग्लेले बेरोजगारी र मूल्यवृद्धिलाई सरकारले गम्भीर चुनौतीका रूपमा लिएको बताए। सुशासनलाई आर्थिक रूपान्तरणको आधार मानेको सरकारले उत्पादन लागत घटाउने र रोजगारी सिर्जना गर्ने कामलाई प्राथमिकता दिएको उनको भनाइ थियो।

0 Comments