७ मंसिर २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘होम एन्ड अवे’ खेलका लागि रंगशाला निर्माणको गृहकार्य तीव्र, मन्त्री पोखरेलको अध्यक्षतामा उच्चस्तरीय छलफल

अ अ+ अ-

काठमाडौँ। खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र ‘होम एन्ड अवे’ प्रणालीमा खेल सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा छलफल भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार सम्पन्न बैठकमा रंगशाला निर्माणको लगानी मोडेल, लिज प्रक्रिया तथा प्राविधिक मापदण्डका विविध पक्षमाथि विमर्श भएको हो। 

छलफलका क्रममा सरकारले सीमित बजेटबाट मैदान सम्याउने (ग्राउन्ड लेभलिङ) सहितको आधारभूत पूर्वाधार तयार गरी सर्तसहित लिजमा हस्तान्तरण गर्ने वा निजी क्षेत्रलाई नै जग्गा लिजमा दिएर पूर्ण निर्माणको जिम्मा दिने विकल्पबारे कुराकानी भएको थियो।

छलफलको क्रममा मन्त्री पोखरेलले सरकार र निजी क्षेत्रको साझेदारीबाटै खेलकुद पूर्वाधार विकासलाई गति दिन सकिने बताए। 

‘हामीले सीमित बजेटबाटै भए पनि मैदान सम्याउनेजस्ता आधारभूत पूर्वाधार तयार गरिदिएर सरोकारवाला पक्षलाई लिजमा दिन सक्छौँ, जसले गर्दा उहाँहरूलाई स्तरोन्नति गर्न सहज हुन्छ, मन्त्री पोखरेलले भने, ‘फाप्लाको पनि टेन्डर प्रक्रिया अघि बढिसकेको छ। अब यही हप्ताभित्र एनपीएलका सम्बन्धित टिमका सञ्चालकहरूसँग बसेर आधारभूत आवश्यकता बुझ्दै लिज सम्झौताको प्रक्रिया अघि बढाउँछौँ।’

यसैगरी, एनपीएल छैटौँ संस्करणसम्म ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यको व्यावहारिक र प्राविधिक पक्षबारे समेत बैठकमा समीक्षा गरिएको छ। 

फुटबलको तुलनामा क्रिकेटमा प्रविधि (रिभ्यु प्रणालीलगायत) महँगो हुने भएकाले आठवटै मैदानमा एकै पटक पूर्ण प्रविधि जडान गर्न चुनौतीपूर्ण रहे पनि ठूला सहरहरूबाट क्रमशः विस्तार गर्दै लैजान सकिने निष्कर्ष निकालिएको छ।

उक्त रंगशाला तथा मैदानहरू ठूला प्रतियोगिताका लागि मात्र नभई दैनिक अभ्यास, एकेडेमी सञ्चालन, स्थानीय लिग र ग्रासरुट तहका खेलकुद गतिविधि विस्तारका लागि समेत महत्त्वपूर्ण हुनेमा जोड दिइएको थियो।

0 Comments