८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सब-इन्जिनियरविरुद्द भ्रष्टाचार मुद्दा दायर 

सहायक प्रशिक्षक र सब-इन्जिनियर पदमा नियुक्ति लिन नक्कली प्रमाणपत्र पेस गरेको अख्तियारको दाबी, कैद र जरिवाना सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर ।

अ अ+ अ-

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी दुई सरकारी निकायमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोज बाबु सोमै मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्युठानको सरुमारानी गाउँपालिका-४ का मगरले ओखलढुंगाको रुम्जाटार माध्यमिक विद्यालय र बुटवलस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा नियुक्ति लिन झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आयोगको दाबी छ ।

मगरले रुम्जाटार माध्यमिक विद्यालयमा करिब दुई वर्ष प्राविधिक शिक्षकका रूपमा करार सेवामा काम गरेको र त्यसपछि उक्त विद्यालय छाडेर खानेपानी मन्त्रालयअन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा करारमा सब-इन्जिनियर पदमा जागिर खाएको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा मगरले दुवै निकायमा नियुक्तिका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), सानोठिमी, भक्तपुरसमेतबाट जारी भएको देखिने डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहका नक्कली प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा, लाभ र सुविधा प्राप्त गरेको देखिएको आयोगले जनाएको छ ।

0 Comments