११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बालेनले फुटपाथ व्यवसायीलाई गरेको व्यवहार नजर अन्दाज गर्दा सुकुम्वासी नागरिकले दुःख पाए’ : सुशील प्याकुरेल

अ अ+ अ-

काठमाडौँ । वरिष्ठ मानव अधिकारकर्मी सुशील प्याकुरेलले मुलुकमा कानूनको शासन नभई मनपरी शासन चलिरहेको टिप्पणी गरेका छन् । 

शुक्रवार काठमाडौँको माइतीघर मण्डलामा जबरजस्ती उठिबास तथा भूमिहीन सुकुम्वासी नागरिकमाथि अमानवीय व्यवहारविरुद्ध नागरिक ऐक्यबद्धता तथा विरोध कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । 

उनले प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा फुटपाथ व्यापारीमाथि गरेको व्यवहारलाई नजरअन्दाज गर्दा आज सुकुम्वासी नागरिकले दुःख पाउने स्थिति सिर्जना भएको बताए । उनले फुटपाथमा व्यापार गरेर गुजारा चलाउनेमाथि गरेको दमनको निरन्तरता नै सुकुम्वासी नागरिकमाथिको व्यवहार भएको तर्क समेत गरे । उनले मुलुकमा भएका प्रत्येक परिवर्तनपछि जनताले धोका पाउँदै आएको उल्लेख गर्दै जेन जेड आन्दोलनपछि युवालाई सत्ता सुम्पिए पनि उनीहरूको कार्यशैलीमाथि नागरिक समाजबाट पर्याप्त निगरानी हुन नसकेको समेत बताए । प्याकुरेलले सुकुम्वासी नागरिक नदी किनार तथा अव्यवस्थित क्षेत्रमा बस्न बाध्य हुनुको कारण खोज्नुपर्ने भन्दै उनीहरूको व्यवस्थापन राज्यको दायित्व भएको बताए । 

उनले मानव अधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको उल्लेख गर्दै नागरिकको आवतजावतको अधिकारसँगै बस्न पाउने अधिकारका लागि पनि संघर्ष गर्नुपर्ने अवस्था आएको बताए ।

उनले भने, ‘देशमा धेरै परिवर्तन भएका छन्, तर हरेक चोटीको परिवर्तनपछि हामीले धोका पाएका छौँ । त्यही धोकाको फलस्वरुप त्यत्रो युवाहरूले आन्दोलन गर्नुभयो र हामीले नवयुवाहरूलाई देश सुम्पियौँ । तर त्यो युवाहरूमा के थियो भन्ने कुरा हामीले हेरेनौँ । जतिबेला हामीले बालेनलाई काठमाडौँ महानगरपालिकाको मेयर बनायौँ त्यसको सबभन्दा पहिलो आक्रमणमा फुटपाथमा बसेर सामान बेचेर घरगुजारा चलाउनेहरू परे । हामीले देखेका छौँ, मेयर भनेको जनताको सबभन्दा नजिकको सरकार पनि हो । तर हामीले बालेनको त्यो गतिविधिलाई नजरअन्दाज गर्‍यौँ । यहाँसम्म भनियो कि साना पसल थापेर फुटपाथ ओगटेर बस्ने होइन आआफ्नो ठाउँ फर्क भनियो । म आफैँ पनि करिब ५० वर्षदेखि मानव अधिकारको बारेमा बोल्दै आइरहेको छु, अहिले पनि सडकमै छुँ । आखिर किन यस्तो भइरहेको छ ? हामी मानव अधिकारकर्मी समेत राइट टू मुभ भनेर धेरै कराउने गरेका छौँ । हामी फ्रिडम अफ मुभमेन्टको कुरा पनि गर्दछौँ । तर यहाँ त राइट टू स्टे भनेर लड्ने बेला आयो । सुकुम्वासी नागरिकहरू शहर आएर नदी किनारामा, फोहोर ठाउँमा किन बस्न बाध्य भए रु त्यसप्रतिको दायित्व कसको हो त ? आज यो सरकार बन्नासाथ सुकुम्वासीमाथि डोजर लगाएर हटाइयो र काठमाडौँलाई सुन्दर बनाइन्छ भनियो । सुकुम्वासीको व्यवस्थापन गर्छौँ भनेर आश्रयस्थलमा राखियो । अहिले आएर खाली गर भनेर उर्दी जारी गर्‍यो ? कस्तो दायित्वहीन सरकार । त्यसकारण हामी तपाईँ सबैले बुझ्नुपर्‍यो यो देशमा कानूनको शासन होइन मनपरी शासन चलेको छ ।’

उनले नागरिकको संवैधानिक अधिकार सुनिश्चित गर्न राज्यले सुकुम्वासी नागरिकलाई आवास, जीविकोपार्जन र सामाजिक सुरक्षाको दायित्व पूरा गर्नुपर्नेमा जोड दिए।

0 Comments