१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१७ सह सचिवसहित, २४ उपसचिव, ३७ जना अधिकृतसहित १८९ कर्मचारीको सरुवा

अ+ अ-

काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत १७ सहसचिवसहित १ सय ८९ कर्मचारी सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सहसचिवदेखि खरिदारसम्मका कर्मचारीको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अर्थ मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेललाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, गृह मन्त्रालयका गोपालप्रसाद अर्याललाई गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा, महिला बालबालिका मन्त्रालयकी राधिका अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा र संघीय मामिला मन्त्रालयको अतिरिक्तमा रहेका गिरिजा शर्मालाई निर्वाचन आयोगमा सरुवा गरिएको छ ।

प्रदेश २ का आर्थिक योजना मन्त्रालयका सचिव किरण रुपाखेतीलाई राष्ट्रिय योजना आयोगमा, भूमिसुधार तथा व्यवस्थापन विभागका मुक्तिप्रसाद आचार्यलाई प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा, कम्पनी रजिस्ट्रार कार्यालयका भुवनहरि अर्याललाई प्रदेश २ को मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

यसै गरी प्रदेश ३ की मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी रुद्रदेवी शर्मालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा र हुलाक सेवा विभागका आनन्दराम रेग्मीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका महेश अर्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विष्णुराज ढकाललाई अर्थ मन्त्रालयमा, संघीय मामिलाको अतिरिक्त समूहका भरत बुढाथोकीलाई सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा, कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्रालयका ढुण्डिराज निरौलालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका रामचन्द्र ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तथा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका कष्णमुरारी न्यौपानेलाई कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रदेश ३ को प्रदेश प्रमुखको कार्यालयका शिवलाल तिवारीलाई अर्थ मन्त्रालयमा र अर्थ मन्त्रालयका नारायण सापकोटालाई प्रदेश ३ को प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले २४ जना उपसचिव, ३७ जना अधिकृत र १ सय ११ जना नायव सुब्बा र खरिदारलाई स्थानीय तहमा सरुवा गरिएको मन्त्रालय स्रोतले प्रशासनलाई बताएको छ ।

प्रतिक्रिया दिनुहोस