९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयको लागि छ लाखको जग्गा खरिद

अ+ अ-

जाजरकोट । नलगाड नगरपालिका–३ कैनाबजारका चार अभिभावकले सूर्योदय माध्यमिक विद्यालयका लागि जग्गा खरिद गरेका छन् ।

कैनाबजारका औँसी घर्ती, मिश्रीबहादुर पुन, मनबहादुर विष्ट र गोरखबहादुर पुनले जनही डेढ लाख आर्थिक सहयोग गरी विद्यालयका लागि १० आना जग्गा खरिद गरेका हुन् । विद्यालयमा भवन निर्माणका लागि जग्गा नहुँदा व्यक्तिगत रूपमा रकम उठाएर जग्गा किनिदिएको घर्तीले बताए । उनी विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत हुन्  ।

खेलमैदानमा शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त अनुदानले चारकोठे भवन निर्माण गरिँदै छ । खेलमैदान फराकिलो बनाउनका लागि समेत जग्गा खरिद गरेको घर्तीको भनाइ छ । विद्यालय चन्दाको भरमा सञ्चालन भइरहेको छ । चारै जनाले सुन, भैँसी, खसीलगायत सामग्री बिक्री गरेर जग्गा खरिदका लागि रकम जुटाएका हुन् ।

विद्यालयमा पूर्वाधार अभाव रहेको प्रधानाध्यापक बहादुर पन्तले बताए । पुरानो जीर्ण भएकाले नयाँ भवन निर्माण गर्न लागिएको हो । विद्यालयमा हाल झण्डै ४०० विद्यार्थी अध्ययनरत छन् । रासस

प्रतिक्रिया दिनुहोस