सभामुखप्रति एमाले सांसदको धम्कीपूर्ण अभिव्यक्तिप्रति सत्तारुढ दलको आपत्ति
काठमाडौँ । नेकपा एमालेका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाप्रति देखाएको व्यवहार र अभिव्यक्तिप्रति सत्तापक्षीय गठबन्धन दलले आपत्ति जनाएका छन्। सोमबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा...