९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पामा मातृशिशु मृत्युदर न्यून

अ+ अ-

पाल्पा । पाल्पाका विभिन्न स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भएपछि मातृशिशु मृत्युदरमा कमी आएको छ ।

आमा सुरक्षा कार्यक्रमबाट प्रभावित भई हिजोआज स्वास्थ्य संस्थामा नै गएर बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । जिल्ला जनस्वास्थ्य कार्यालयले ग्रामीण तहदेखि सहरी क्षेत्रमा सञ्चालन गरेको आमा सुरक्षा कार्यक्रमले मातृ शिशु, नवजात शिशु र गर्भवती तथा सुत्केरी महिलाको मृत्युदरमा न्यूनता आएको छ ।

विसं २०६८ बाट सुरु भएको यस कार्यक्रमले स्वास्थ्य संस्थामा नै गएर बच्चा जन्माउनुपर्छ भन्ने चेतनाको विकास महिलामा जाग्दै गएको छ । पहिले पहिले स्वास्थ्य संस्थामा गएर सुत्केरी हुन हिच्किचाउने महिला पछिल्लो समय परिवारको साथमा स्वास्थ्य संस्थामा सुत्केरी हुन जान थालेका छन् ।

जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज प्रभास, ताहुँ र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रसँगै २० वटा स्वास्थ्य चौकी गरी जिल्लाभरिमा कुल २५ वटा स्वास्थ्य संस्थाबाट आमा सुरक्षा कार्यक्रम लागू भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए । यी स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क रुपमा सुत्केरी सेवा प्रदान गरिँदै आइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय मातहतका यी स्वास्थ्य संस्थामा चार पटक गर्भवती परीक्षणबापतको ४०० र स्वास्थ्य संस्थामा नै सुत्केरी हुने महिलाका लागि यातायात खर्चबापतको एक हजार रकम प्रदान गरिएको छ । कार्यालयको तथ्याङ्कअनुसार २०७१/७२ मा छ हजार ५०० र २०७२/७३ मा छ हजार ३०० महिलाले स्वास्थ्य संस्थामा नै गएर सुत्केरी भएको पाइएको छ । जसले गर्दा जिल्लामा पछिल्लो समय मातृशिशु, नवजात शिशुको मृत्युदर न्यून हुँदै गएको छ ।

स्वास्थ्य कार्यालयले बेला बेलामा गाउँगाउँमा पुगेर सचेतना कार्यक्रम, स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी गराउनुका फाइदा, सुत्केरी महिलाले पाउने सेवा सुविधाका बारेमा जनचेतना गराउन थालेपछि ग्रामीण भेगका महिलामा स्वास्थ्य संस्थामा नै गएर बच्चा जन्माउने भावना क्रमिक रुपमा जागृत हुँदै गएको रामपुर अस्पतालका अहेब तीर्थप्रसाद ढुङ्गाना बताए । रासस

प्रतिक्रिया दिनुहोस