७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा नेता पशुपति शम्शेर चुनाव प्रचारमा

अ+ अ-

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाकोे मेलम्ची नगरपालिका र जिल्लाका नगर तथा गाउँपालिका प्रमुखलगायतका पदहरुमा राप्रपालाई जिताउन राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर जबरा र केन्द्रीय सदस्य कोमल ओली लागिपरेका छन् ।

नजिकिँदै गरेको चुनावमा राप्रपालाई पहिलो स्थानमा ल्याउनको लागि जबरा आफैँ घरदैलो कार्यक्रम तथा विभिन्न समारोहमा सहभागी हुँदै आएका छन् ।

आइतबार मेलम्ची नगरपालिकाको फटकशिलामा राप्रपाद्वारा आयोजित एक कार्यक्रममा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) तथा नेपाली काँग्रेसलगायतबाट पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

एकसयभन्दा बढीको सङ्ख्यामा रहेका कार्यकर्तालाई पशुपति शम्शेर र कोमल ओलीले टीका र दोसल्ला ओडाएर आफ्नो पार्टीमा प्रवेश गराएका थिए ।

राप्रपाको मेलम्ची नगरपालिका प्रमुखका उम्मेदवार फणीन्द्र दाहाललाई जिताउन अहिले राप्रपाका नेता घरदैलो कार्यक्रम तथा पार्टी प्रवेश गराउनमा व्यस्त छन् ।

जिल्लाभरि नै चुनावी माहोलको सरगर्मी बढ्दै गर्दा मेलम्ची नगरपालिकामा मुख्य चार पार्टीको चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।

नगरभरिका गाउँमा नेपाली काँग्रेस, राप्रपा, माओवादी केन्द्र तथा नेकपा (एमाले) ले आआफ्नो पार्टीको प्रचारप्रसारका लागि लाखौँको लगानीमा पार्टीको झन्डा तथा टिसर्ट कार्यकर्ता माझ लैजानमा व्यस्त छन् ।

नगरपालिकाका ३१ हजार ९८७ मतदाताबाट चुनिने नगरपालिका प्रमुखमा नेपाली काँग्रेस, राप्रपा, माओवादी केन्द्र र नेकपा (एमाले) ले आफ्नो पक्षमा पार्न विभिन्न चुनावी आश्वासन दिँदै मतदातालाई आकर्षित गर्नेतर्फ लागेका छन् ।

जिल्लाभरि नै आफ्नो सङ्गठन बलियोे बनाउनका लागि नेताहरुले भेला, घरदैलो अभियान, ¥याली तथा कार्यकर्ता भेटघाटलाई धेरै बाक्लो बनाउन थालेका छन् ।

चार पार्टीको मुख्य प्रतिस्पर्धा रहेको मेलम्ची नगरपालिकामा नेकपा (एमाले) को नगर प्रमुखको उम्मेदवारी दिने विषयमा कुरा नमिल्दा आफ्नै कार्यकर्ताले क्षेत्रीय पार्टी कार्यालयमा ताला लगाएकाले असन्तुष्ट पक्षले कमै सहयोग गरेको देखिन्छ ।

असन्तुष्ट पक्षमा भएकाबाट नेपाली काँग्रेस र राप्रपालाई फाइदा मिल्नेमा काँग्रेस तथा राप्रपाका नेता बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस