११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी हुँदै

अ+ अ-

नेपालगन्ज । प्रारम्भिक कक्षाको पढाइमा सीप सुधार गर्ने उद्देश्यका साथ बाँके जिल्लामा सञ्चालन गरिएको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी हुँदै गएको छ ।

कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि सञ्चालित कार्यक्रम अन्तर्गत यहाँका केही मदरसासहित सबै ३५९ सामुदायिक विद्यालयका विद्यार्थीको पढाइमा सीप सुधार गर्न स्थानीय तहको शैक्षिक सामग्री उपलव्ध गराइएको छ भने टोल पढाइ समूह गठन, अभिभावकद्वारा टोल पढाइ समूह निर्माण गर्नुका साथै अहिलेसम्म ५७२ दौतरी शिक्षकलाई शिक्षा तालिम समेत दिइसकिएको जनाइएको छ ।

जिल्लाका गैरसरकारी संस्था र बाँके युनेस्को क्लबमार्फत सञ्चालन गरिएको सो कार्यक्रम अन्तर्गत प्रत्येक विद्यालयका व्यवस्थापन समितिलाई जनही दुई लाख अनुदान उपलब्ध गराइने सोचका साथ अहिलेसम्म जिल्लामा ९६ विद्यालय छनोट गरिस्किएको क्लबका अध्यक्ष परवेजअलि सिद्धिकीले बताए ।

कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लामा समन्वय समिति गठन गरिनुका साथै सामाजिक परिचालक अधिकृतको व्यवस्था गरिएको छ ।

अधिकृतहरुको क्षमता अभिवृद्धिका लागि उनीहरुलाई दुई दिनको समुदायक परिचालनका लागि पुर्नताजगी तालिम समेत दिइएको छ ।

एक्काइस जना सहभागी सो तालिम समापन समारोहमा सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले कार्यक्रमले लक्षित विद्यार्थीको अध्ययन सीपमा सुधार हुनुका साथै विद्यालयको स्तरोन्नति हुने विश्वास व्यक्त गरे ।

शिक्षा मन्त्रालयद्वारा पहिलो चरण अन्तर्गत सो कार्यक्रम बाँके लगायत कञ्चनपुर, मनाङ, कास्की, भरतपुर र सप्तरी जिल्लामा सञ्चालनमा रहेको छ । दोस्रो चरणमा अन्य १६ जिल्लालाई कार्यक्रमभित्र समेटिने उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस