७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्लिङ्करको धुलो उड्दा स्वास्थ्यमा गम्भीर असर

अ+ अ-

वीरगन्ज। छिमेकी मुलुक भारतबाट आउने क्लिङ्करको धुलो उड्दा भन्सार क्षेत्र धुलाम्य हुनुका साथै वायु प्रदूषण बढ्नाले मानव स्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ ।

सिमेन्टको कच्चा पदार्थका रुपमा रहेको क्लिङ्कर बोकेको ट्रक त्रिपालले छोपिए तापनि त्यसको कण उड्ने गरेकाले वायु प्रदूषण बढ्नुका साथै त्यहाँका कर्मचारी तथा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको पीडितको गुनासो रहेको छ ।

सीमावर्ती भारतको रक्सौलबाट प्रतिदिन ५० देखि ६० वटा ट्रक क्लिङ्कर बोकी वीरगन्ज बजारको बाटो भएर नेपाल भित्रिने गरेकाले त्यसको धुलो उड्दा नेपाल–भारतको सीमामा रहेको शङ्कराचार्य द्वार पनि धुलाम्य हुँदा त्यसको सौन्दर्य धुमिल हुँदै गएको छ भने त्यस क्षेत्रका बासिन्दामात्र नभएर रुख बिरुवा पनि क्लिङ्करको धुलोले सेतो देखिन थालेका छन् ।

यसरी आउने क्लिङ्करलाई भन्सार कार्यालयले व्यवस्थित रुपमा बस्तीभन्दा ठाढाको बाटोबाट ल्याउन अनुमति दिनुपर्ने भनाइ उद्योगपति तथा समाजसेवी प्रदीप केडियाको रहेको छ ।

पर्सा, बारामा रहेका १० वटा सिमेन्ट उद्योगका लागि दैनिक ६० वटा ट्रक क्लिङ्कर बोकेर भन्सारको बाटो गरी नेपाल भित्रिने गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

अव्यवस्थित रुपमा ल्याउने क्लिङ्करको धुलोले मानव स्वास्थ्यमा गम्भीर असर पार्न थालेपछि भारतको रक्सौलमा र नेपालको भन्सार क्षेत्र, बाइपास क्षेत्रमा धुलो उड्ने भएकाले यसलाई व्यवस्थित गर्न आफूले नेपाल र भारतका सरकारसँग अनुरोध गरेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओम प्रकाश शर्माको भनाइ रहेको छ ।

क्लिङ्करको धुलो उडेर आँखा, नाक, कान, मुखमा पस्ने गरेका कारण त्यस भेगका मानिस विभिन्न रोगको सिकार हुने गरेकाले यसप्रति नेपाल सरकार गम्भीर हुनुपर्ने माग वीरगन्जवासीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस