९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्खे बिदामा पनि विद्यालय सञ्चालन

अ+ अ-

जाजरकोट । शिक्षण सिकाइ लक्ष्यमा पुर्याउन र पाठ्यक्रम पूरा गर्न भन्दै यहाँका १६ विद्यालयले बर्खे बिदामा पनि विद्यालय सञ्चालनमा ल्याएका छन् ।

चुनाव तथा विभिन्न पर्वका कारण पढाइ प्रभावित भएको भन्दै जिल्लाका १६ विद्यालयले विद्यालय सञ्चालनमा ल्याएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए ।

पट्यारलाग्दो एक महिना लामो बिदामा विद्यार्थी पढाइभन्दा अन्य कुरामा समय खर्चने र शिक्षकले पनि काम नपाउने भन्दै आफूहरु विद्यालय खोलेर बर्खे बिदा नलिएको कालिका प्रावि डाँडागाउँका प्रधानाध्यापक ठाकुरनाथ शर्माले बताए ।

शिक्षकहरु विद्यालयमा बिदा नलिएरै पढाउन आएपछि विद्यार्थी पनि विद्यालयमा खुसीका साथ आएको उनले बताए । त्यस्तै घरमा जान आउन समयलाग्ने तर विद्यालय र घरको काम दुवै नहुने भन्दै बर्खे बिदामा विद्यालय खोलेर पठनपाठनमै समय बिताउने निधो गरेको मालिका प्रावि सुगुरखालका प्रधानाध्यापक शान्तबहादुर रोकायाले बताए ।

असार १५ देखि साउन १५ सम्म विद्यालय बन्द गर्ने निर्णय सरकारी नियम भएपनि यहाँका विद्यालयले त्यो बिदा नलिएर विद्यालय खोलेर नियमित अध्यापन गर्दा अहिले यहाँका सबै विद्यालय सिको गर्ने मोडमा पुगेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत यज्ञश्वर खत्रीले बताए ।

नियमित विद्यालयमा नआउने र कामचोर शिक्षकलाई यहाँका १६ विद्यालयका शिक्षकले विद्यालय खोलेर गतिलो पाठ सिकाएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।

विद्यालय बन्द हुन्छ भनेर घरघरमा बसेका विद्यार्थीलाई समेत घरघरमा गएर शिक्षकले विद्यार्थी विद्यालयमा ल्याउने काम भएको लाइटफ्यूचर आधारभूत विद्यालय टालेगाउँका शिक्षकले बताए ।

घरघरमा पुगेर विद्यार्थी विद्यालयमा ल्याएको देख्दा अन्य विद्यालय नखोल्ने विद्यालयका शिक्षकसमेत अब हामी पनि विद्यालय खोल्छौँ भन्दै धमाधम खोल्नतर्फ लागेको जिशिअ, सिंहले बताउछन् । रासस

प्रतिक्रिया दिनुहोस