१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य संस्था स्थानीय सरकारलाई हस्तान्तर कार्य सुरु

अ+ अ-

सिलगढी, डोटी । जिल्लास्थित स्वास्थ्य संस्थाहरु स्थानीय सरकारलाई हस्तान्तरण कार्य शुक्रबारदेखि सुरु गरिएको छ ।

स्वास्थ्य संस्था हस्तान्तरण निर्देशिका २०७४ अनुसार आउँदो चैत २८ गते सम्म जिल्लाका सबै स्वास्थ्य संस्थाहरुलाइ स्थानीय तहमा हस्तान्तरण गर्ने कार्यक्रम अनुसार आज डोटीको पुर्बिचौकि गाउपालिकाका भित्र रहेका ७ वटै वडाकास्वास्थ्य संस्थाहरुलाइ स्थानीय तहमा हस्तान्तरण गरीएको जिल्ला जनस्वास्थ्य कार्यालय डोटीका प्रमुख सतिष विष्टले बताए ।

उनले भने –स्थानीय सरकारलाई बजेट पहिले नै गईसकेको थियो । निर्देशिका अनुसार हामीले स्वास्थ्य संस्था हस्तान्तर प्रक्रिया सुरु गरेका छौ ।

जिल्ला र क्षेत्र रहने वा नरहने भन्ने कुनै टुङगो लागेको छैन । कर्मचारीहरु समायोजन पछि स्थानीय निकायहरुमा प्रायः कर्मचारीहरु स्थानीय हुने भएकाले स्वास्थ्य क्षेत्रमा धेरै जनशक्ति परिचालन गनुपर्ने देखिन्छ । मानवश्रोत ब्यवस्थापन, कर्मचारीहरुको सरुवा बढुवा, तालिम संचालन लगायतका विषयमा सरकार र स्थानीय सरकारले प्रस्ट नीति नियम बनाउन आवश्यक छ । यसतर्फ ध्यान दिन सकेन भने सेवाको गुणस्तरमाथि प्रश्न चिन्छ खडा हुने भएकाले समयमै ध्यान दिनु पर्ने विष्टले बताए ।

२ वटा नगरपालिका र ७ गाउँपालिका रहेको डोटीमा चरणबद्धरुपमा चैत्र २८ अगाबै स्थानीय सरकारलाई स्वास्थ्य संस्था हस्तान्तर कार्य रहेको समेत बिष्टले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय पुर्विचौकी गाउँपालिकामा आज एक औपचारीक कार्यक्रमको आयोजना गर्दै पुर्बिचौकि गाउपालीकालाई स्वास्थ्य संस्थाहरुलाइ स्थानीय तहमा हस्तान्तरण गरिएको हो ।

पुर्बिचौकि गाउपालीकाका अध्यक्ष दिर्घ बोगटी प्रमुख अतिथि रहेको कार्यक्रममा गाउपालिकाका उपाअध्यक्ष निर्मला साउद, ७ वटै वडाका वडा अध्यक्षहरु, स्वास्थ्य संस्थाका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।
नेपालको संविधान २०७२ अनुसार आधारभुत स्वास्थ्य र सरसफाईको ब्यवस्थापन स्थानीय तहको जिम्मेबारीभित्र राखिएको छ । मन्त्रिपरिषदबाट स्वीकृत आदेश अनुसार गाउँपालिका एवम् नगरपालिकाको कार्य क्षेत्रभित्र परेका हाल विषयगत मन्त्रालय र सरकारी निकायवाट संचालन भई आएका स्थानीय तहका संरचना, चल अचल सम्पती स्वतः गाउँपालिका र नगरपालिकामा हस्तान्तरण हुने ब्यवस्था अनुसार हस्तान्तरण गरिन लागिएको हो ।

चैत्र २८ गते पछि जिल्ला स्वास्थ्य, क्षेत्रीय स्वास्थ्य रहने वा नरहने भन्ने विषयमा कर्मचारीहरु नै अनविज्ञ छन् । स्वास्थ्य संस्था ब्यवस्थापन कार्य संचालनको सम्बन्धमा पनि जिल्ला स्वास्थ्य, स्वास्थ्य संस्था र स्थानीय निकायहरु अझै पनि अन्यौलमा छन् ।

प्रतिक्रिया दिनुहोस