७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सेवा दलद्वारा संचालित सिनियर डिभिजन १३ औं ब्याच तालिमकोे दीक्षान्त समारोह सम्पन्न

अ+ अ-

काठमाडौं । राष्ट्रिय सेवा दलद्वारा उपत्यका भित्रका १३ वटा विद्यालयहरु सम्मिलित सिनियर डिभिजन १३ औं ब्याच तालिमको दीक्षान्त सम्पन्न भएको छ ।

राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक एवम् कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लगनखेल स्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सम्पन्न भएको हो ।

दीक्षान्त समारोहमा काठमाण्डौं, भक्तपुर तथा ललितपुर जिल्लाका १३ विद्यालयहरुका ५ सय ४० जना छात्र/छात्राहरुले दीक्षान्त कवाज प्रदर्शन गर्नुका साथै खुकुरी ड्रिल, तेक्वान्दो पि.टी., एरोविक्स, मास पि.टी., आईकिदो तथा सामुहिक नृत्यहरु उत्कृष्ट ढंगले प्रदर्शन गरेका थिए ।

उक्त कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री ओलीले वार्षिक सामुहिक क्याम्पमा सर्वोत्कृष्ट हुने छात्रा सैनिक आवासीय महाविद्यालय भक्तपुरका क्याडेट बेली लामा र सर्वोत्कृष्ट छात्र सोहि महाविद्यालयका विकास खाँण ठकुरी तथा वार्षिक सामुहिक क्याम्पमा सर्वोत्कृष्ट हुने से.मु. सैनिक आवासीय महाविद्यालको “क” गुल्मको नं.१ से.मु.लाई पुरस्कार प्रदान गर्नुका साथै सर्वोत्कृष्ट छात्र/छात्राहरुलाई दज्र्यानी चिन्ह, शिल्ड तथा प्रमाण–पत्र प्रदान गरेका थिए ।

त्यसैगरी राष्ट्रिय सेवा दलद्वारा प्रकाशित कफि टेबुल बुकको समेत विमोचन गर्नु भएको थियो । कार्यक्रमकै क्रममा उनले उक्त कार्यक्रमलाई सफल बनाउन योगदान पु¥याएका विद्यालयहरुलाई प्रशंसा पत्र समेत प्रदान गरेका थिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सेवा दलको तालिममा छनौट भई सय दिन अवधिको तालिम सफलतापूर्वक सम्पन्न गरी दिक्षित हुने क्याडेट छात्रछात्राहरुलाई हार्दिक बधाई दिँदै सर्वोत्कृष्ट समाजको निर्माणको लागि युवा अबस्थामा आफ्नो मनोवल उच्च राख्दै कुशल नेतृत्वको बिकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै, आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सो लाई पुरा गर्न सबल नागरिक बन्ने कार्यमा यस तालिम फलदायी हुने विश्वास गरे ।

सोही क्रममा उनले नेपाली सेनाको निरन्तर प्रयासबाट सेवा दलको तालिमको दायरा भविष्यमा अझै फराकिलो र तालिमको स्तर अझै उत्कृष्ट हुँदै जानेमा आफु विश्वस्त रहेको बताए । सम्बोधनकै क्रममा समस्त युवावर्गलाई राष्ट्र विकास र देशभक्तिको पाठ सिकाउने तथा विपद्को समयमा उद्धार एवं सामाजिक सेवामा समर्पित युवा तयार गर्ने अभिप्रायले सञ्चालित यस किसिमको फलदायी तालिम उत्कृष्ट रुपमा सञ्चालन गर्दै आएकोमा नेपाली सेना, स्थानिय निकाय, बिद्यार्थीहरु सहभागि गराउने बिद्यालयहरु तथा आफ्ना छोरा/छोरीहरुलाई तालिममा सहभागि गराउने अभिभावकहरुलाई धन्यवाद समेत दिएका थिए ।

उक्त अवसरमा राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार मानार्थ उपरथी श्री रमीन्द्र क्षत्रीले राष्ट्रिय सेवा दलको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । सो क्रममा उनले देशभरका युवाहरूलाई समयानुकूल व्यावहारिक र वैज्ञानिक ढाँचाको तालिम दिएर ‘स्मार्ट यूथ’ बनाउने र तिनै ‘स्मार्ट यूथ’ हरूको बल र विवेकका आधारमा राष्ट्रको गरिमा र विकासलाई माथि उठाउने बृहत्तर लक्ष्य हासिल गर्नका लागि राष्ट्रिय सेवा दलको थप क्षमता विस्तारको आवश्यकता रहेको बताए । उनले दीक्षान्त समारोहमा गरिमामय उपस्थिति जनाएका राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक एवम् प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्णलाई धन्यबाद दिएका छन् ।

युवा शक्तिको महत्व तथा आवश्यकतालाई मनन् गर्दै वि.सं.२०२२ साल कार्तिक ७ गते नेपाली सेनाको मातहतमा रहने गरी स्थापना भएको राष्ट्रिय सेवा दलले हालसम्म ३५ हजार ९ सय ६८ जना छात्र/छात्राहरुलाई सफलतापूर्वक तालिम प्रदान गरिसकेको छ ।

कार्यक्रममा सह–संरक्षक तथा रक्षामन्त्री श्री ईश्वर पोखरेल, प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री, विभिन्न मन्त्रालयका सचिवहरू, रथीबृृन्दहरु, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाल सरकारका अधिकृतहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरु, संचारकर्मीलगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस