१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई लक्षित गरी जुत्ता प्रहार

अ+ अ-

पाकिस्तान । आइतबार पाकिस्तानी शहर लाहोरमा पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीसफलाई लक्षित गरी एक व्यक्तिले जुत्ता प्रहार गरेका पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।

जमिया नाइमिया नामक मश्जिदमा आयोजित मुश्लिम धर्मगुरु मफ्ती मोहम्मद हुसैन नाइमीको वार्षिक पुण्य तिथिका अवसरमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्ने क्रममा शरीफमाथि आक्रमण भएको बताइएको छ ।

पाकिस्तानमा पछिल्ला केही दिनमा उच्च स्तरीय राजनीतिक नेतृत्वलाई लक्षित गरी आक्रमण प्रयास भएका छन् ।

पूर्व प्रधानमन्त्री शरीफलाई जुत्ता आक्रमण प्रयास भएपनि शरीफले आफ्नो सम्बोधनलाई नरोके पनि छोट्ट्याएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले मृतात्माको शान्तिका लागि प्रार्थना गर्दै श्रद्धाञ्जली सभा आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै छोटो मन्तव्य मात्र राखेका थिए । उक्त अवसरमा मृतक धर्मगुरू नाइमियाको जीवन र योगदानको पूर्व प्रधानमन्त्री शरीफले प्रशंसा गरेका थिए ।

आक्रमणकारीलाई सभामा उपस्थित समूहले समाती कुटपिट गरी पछि प्रहरीलाई जिम्मा लगाएका थिए ।

घटनाको अनुसन्धान शुरु भएको पाकिस्तानी अधिकारीले बताएका छन् । पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई अतिविश्वास नदेखाउन पाकिस्तानी प्रतिपक्षी दल शेख रसिद् आग्रह गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

यसपहिले शनिबार पनि एक व्यक्तिले पाकिस्तानका विदेशमन्त्री खावाजा असिफलाई शरीफको दलको सम्मेलन भइरहेको स्थलमा मसी दलेका थिए ।

गत फेब्रुवरी २४ गते पनि पाकिस्तानी गृह, योजना विकास तथा सुधार मन्त्री अहसान एकवालमाथि सार्वजनिक सम्वोधनका क्रममा जुत्ता प्रहार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस