२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुणस्तरीय सेवा दिन कन्जुस्याई गर्दैनौं

अ+ अ-

जनतासँग गरेका के–के प्रतिवद्धता पूरा गर्नुभयो ?
हामीले कार्यभार सम्हालेको एक वर्ष हुन लाग्यो । वडा कार्यालयबाट नियमित रूपमा प्रशासनिक सेवा दिइरहेका छौं ।

यससँगै विकास निर्माणको काम पनि गरिरहेका छौं । ठूलो वडा भएकाले हामीले दुई करोड २५ लाख पाएका छौं । त्यो बजेटबाट प्राथमिकताका आधारमा वडाभरि काम गरिरहेका छौं ।

जनतासँग गरेको प्रतिबद्धता अनुरूप वडामा ज्येष्ठ नागरिक क्लब स्थापना गरेका छौं । कुमारीगाल र मैजुवाल बीचको सामुदायिक भवनमा क्लब सञ्चालन गरिएको छ । त्यहाँ ज्येष्ठ नागरिकलाई योगा सिकाउने गरिन्छ । त्यस्तै त्यहाँ बसेर उहाँहरू (ज्येष्ठ नागरिक) टिभी हेर्ने, छलफल गर्ने गर्नुहुन्छ । ज्येष्ठ नागरिकको सुविधाका लागि क्लबमा थेरापी गर्ने व्यवस्था समेत मिलाइएको छ ।

चुनावका दौरान मैले वडालाई फोहोरमुक्त र फुटपाथ पसलमुक्त बनाउने प्रतिवद्धता गरेको थिएँ । यसैअनुरूप अबको केही दिनमै वडालाई फोहोरमुक्त र फुटपाथ पसल मुक्त घोषणा गरिन लागिएको छ ।

कार्यालयको सेवा गुणस्तरीय तथा प्रभावकारी बनाउन के–के योजना बनाउनुभएको छ ?
वडा कार्यालयबाट जन्मदर्ता, मृत्युदर्ता, नाता प्रमाणित, सिफारिसलगायत काम भइरहेको छ । आवश्यक कागजात लिएर आउने हरेक सेवाग्राहीको काम तुरुन्तै हुने गरेको छ । त्यसकारण हामी गुणस्तरीय सेवा दिन कन्जुस्याई गर्दैनांै ।

सुशासन र विकास निर्माण प्रभावकारी बनाउन के गरिरहनुभएको छ ?
जनप्रतिनिधि नहुँदासम्म सेवाप्रवाहमा ढिलासुस्ती थियो । अहिले त्यो छैन ।

विकास निर्माण प्रभावकारी बनाउन केन्द्रसँग समन्वय गरिरहेका छौं । वडाभित्रका सडक पिच गर्ने काम धमाधम भइरहेको छ । धोविखोला करिडोर, चावहिल पीपलबोटबाट गौरीघाटसम्म तथा रातोपुलबाट गोपीकृष्णको बैजनी पुलसम्मलगायत सडक पिच भइरहेको छ ।