१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोजगारी नभएपछि युवा भारततिर, गाउँ सुनसान

अ+ अ-

बाजुरा । यतिबेला बाजुराका अधिकांश युवा रोजगारीका लागि भारततिर लागेका छन् । गाउँमा कुनै किसिमको रोजगारीको सिर्जना नभएपछि उनीहरु लागि भारततिर लागेका हुन् ।

‘गाउँमा खाउँ भने मानो छैन, भएका खेतमा खडेरी लागेको छ, खेतमा बर्सेनि बाली लाउनलाई सिँचाइ सुविधा छैन । सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन्, हामीलाई थाहा छैन’, परिवार पाल्न छिमेकी मुलुक भारततिर रोजगारीका लागि जानुको विकल्प नरहेको स्वीकार्दै स्वामीकार्तिक खापर गाउँपालिका–१ का धनबहादुर विकले गुनासो गरे ।

पारिवारिक भेटघाट तथा दशैँ तिहार मनाउन भारतबाट रोजगारी गरेर गाउँ फर्केका जिल्लाका अधिकांश युवा यतिबेला हरेक दिन करिब ५० को सङ्ख्यामा जिल्लाबाट बाहिरिन थालेका छन् । युवा रोजगारीको सिलसिलामा घरपरिवार छाडेर अन्य मुलुक गएपछि अहिले गाउँपालिका–१ को पुरै गाउँ सुनसान बनेको छ ।

गाउँमा पढेलेखेका युवा धेरै छन् । पढाइ सकेर प्रमाणपत्र बाकसमा राखेर काम खोज्न छिमेकी देश भारत जानुपर्ने अवस्था आएको मुक्तिकोट गाउँका लालबहादुर विकले बताए । त्यस्तै मुक्तिकोटका पुरै दलित परिवारका युवा रोजगारी खोज्न भारततिर लागेका छन् । उक्त गाउँमा करीब ३०० बढी दलित परिवार बसोबास गरिरहेका छन् । युवा रोजगारीका लागि भारत लागेपछि अहिले गाउँमा महिला, बालबालिका, अशक्त र वृद्धवृद्धा मात्र छन् ।

सिंहदरबारको अधिकार स्थानीय सरकारअन्तर्गत् गाउँमा आएको नारा नारामै मात्र सीमित भएको आभास भएपछि घरपरिवार त्यागेर भारततिर जानुपर्ने बाध्यता भएको सुर्ज विकले गुनासो गरे । गाउँमा स्थानीय सरकार आएको छ, तर स्थानीय तहले गाउँमा रहेका युवालाई कुनै किसिमको रोजगारीको अवसर सिर्जना गर्न नसकेको उनले बताए ।

गाउँपालिकाले जनतालाई सडक निर्माणमा अवसर नदिएर सडक खन्न करोडौँ रकम डोजर प्रयोगमा खर्च गरेपछि आफूहरु खाली बस्नुभन्दा रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता भएको सुर्ज विकको भनाई छ । मङसिर महीनाको पहिलो सातामात्रै गाउँपालिका–१ मुक्तिकोट गाउँबाट झण्डै २०० बढी युवा जिल्ला बाहिर गएका छन् ।

सांसदलाई ज्ञापनपत्र

यसैबीच नागरिक सेवा सरोकार मञ्चले रोजगारीका लागि काम गर्न भारत जान लागेका मुक्तिकोटका २०० बढी युवालाई रोजगारी अवसर सिर्जना गर्न पहल गरिदिन भन्दै प्रतिनिधिसभा सदस्य लालबहादुर थापालाई तीन बुँदे ज्ञापनपत्र बुझाएको छ । मञ्चको अगुवाइमा मुक्तिकोटका स्थानीयले सांसद थापाको निजी निवास मार्तडीमै पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

गाउँमा कुनै किसिमको रोजगारी सिर्जना नभएपछि हिउँदयाममा कामका लागि भारत जानुपर्ने बाध्यतालाई अन्त्य गर्न आवश्यक पहल गरिदिन सांसद थापालाई ज्ञापनपत्र बुझाएको मञ्चका संयोजक जनेश भण्डारीले बताए ।

त्यस अवसरमा सांसद थापाले गाउँको विकासका लागि निर्वाचन पूर्वाधार विकास कार्यक्रमबाट गाउँसम्म जोडिने सडक निर्माण गर्न रु ३० लाख रकम विनियोजन गरिएको जानकारी दिए । गाउँसम्म निर्माण गरिने सडकलाई गाउँका स्थानीयवासीबाटै निर्माण गराउने आश्वासन थापाले दिए ।रासस

प्रतिक्रिया दिनुहोस