१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असहाय बालबालिकाको शिक्षामा सहुलियत दिनुपर्छ : नेता नेपाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निम्न वर्गका असहाय बालबालिकालाई उच्च र प्राविधिक शिक्षा अध्ययनमा राज्यले विशेष सुविधा प्रदान गर्नुपर्ने बताएका छन् ।

‘ज्योतिको घर नेपाल’को नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सहारा नभएका निम्न वर्ग र समुदायका मानिसलाई राज्यले हेर्नुपर्ने भन्दै सोहीअनुसार सरकारले आजदेखि सामाजिक सुरक्षा कार्यक्रम शुरु गरेको बताए ।

संविधानले प्रदत्त गरेका सबै मौलिक अधिकार कार्यान्वयन गर्न मुलुक समृद्ध हुनुपर्ने उल्लेख गर्दै नेता नेपालले हरेक नागरिकले अधिकारको खोजीसँगै जिम्मेवारी र दायित्व पनि बोध गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले सो संस्थाले अल्पसङ्ख्यक तथा अनाथ बालबालिकाको शिक्षाका लागि गरेको योगदानको प्रशंसा गर्दै यसमा सबैको सहयोगका आवश्यकता पर्नेमा जोड दिए ।

नेपाली चलचित्रका क्षेत्रका महानायक राजेश हमालले सामाजिक र आर्थिक चुनौतीको सामना गरिरहेका बालबालिकाको प्रतिभा उजागर गर्न ज्योतिको घर नेपालजस्ता समाजसेवी संस्थाको ठूलो योगदान रहेको बताए ।

कार्यक्रममा केन्द्रीय बाल कल्याण समितिका पूर्वअध्यक्ष डिल्लीराम गिरी, युरोपियन युनियनका प्रतिनिधि शिव भण्डारी, संस्थापक अध्यक्ष राजु सुन्दासलगायतले मुलुकको उज्ज्वल भविष्यका लागि राज्यले बालबालिकाको शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए ।

‘ज्योतिको घर नेपाल’ ले ५०० भन्दा बढी वादी, चेपाङ, भूकम्पपीडित, अनाथ बालबालिकालाई छात्रावाससहित निःशुल्क शिक्षा प्रदान गर्दै आएको आयोजकले जनाएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य उमा वादी, आमाको घर नेपालका संस्थापक दिलशोभा श्रेष्ठलगायत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस