७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकीय क्षेत्रको प्रहरी चौकी आफैं असुरक्षित

अ+ अ-

तेह्रथुम । पर्यटकीय तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रअन्तर्गत संखुवासभाको मादी नगरपालिका–१ स्थित चौकीबजारमा रहेको मादीमुलखर्क प्रहरी चौकी भवन जीर्ण छ ।

भाडाको घरमा रहेको प्रहरी चौकी भूकम्पका कारण क्षतविक्षत् बने पनि नयाँ भवन बनाउन कसैले चासो नदेखाउँदा प्रहरी आफैं असुरक्षित रूपमा बस्न बाध्य भएको हो ।

उक्त चौकीको आफ्नै भवन पनि द्वन्द्वकालमा तत्कालीन माओवादीले ध्वस्त पारेको थियो । तेह्रथुम र सङ्खुवासभाको सीमाक्षेत्रमा रहेको प्रहरी चौकीमा दरबन्दीअनुसारका प्रहरीसमेत छैनन् । चौकीमा चार मात्रै प्रहरी भए पनि तालीम, गोष्ठी र विदाका कारण अधिकांश समय दुई वा तीन जना मात्रै प्रहरी हुने गरेका छन् ।

प्रहरी चौकीको निर्माणका लागि गाउँले नै बजार नजिकै जग्गासमेत उपलब्ध गराए पनि अझैसम्म भवन बनाउन चासो नदेखाएको स्थानीयवासी उदयकुमार तामाङले बताए ।

उक्त चौकीले मादी नगरपालिका वडा नं १ र २ को निकै ठूलो क्षेत्रसम्म सुरक्षा प्रदान गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस