२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक विद्यालयलाई ‘पोथीले चल्ला छोपेजस्तो’ संरक्षण चाहिन्छ : शिक्षाविद् माथेमा

अ+ अ-

काठमाडौं । शिक्षाविद् केदारभक्त माथेमा सरकारले शिक्षा क्षेत्रमा लगानी बढाएर कुखुराको ‘पोथीले चल्ला छोपेजस्तो’ गरी संरक्षण दिनुपर्ने बताएका छन् ।

शिक्षा पत्रकार समूहको १९औँ वार्षिकोत्सव कार्यक्रममा त्रिविका पूर्वउपकुलपति माथेमाले सामुदायिक विद्यालयको गुणस्तर खस्कनु र विज्ञान, गणित तथा अङ्ग्रेजीजस्ता विषयमा सिकाइ उपलब्धि न्यून हुनुमा राज्यले प्राथमिकता दिन नसकेकाले हो भने ।

उनले भने, ‘हुन त सरकारको पर्याप्त स्रोत छैन तर शिक्षाको मौलिक हक कार्यान्वयनका लागि सरकारले सामुदायिक विद्यालयलाई पूर्ण संरक्षण दिनुपर्छ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले एउटै ढाँचाको सिकाइबाट नभई विविध प्रयोगका माध्यमबाट शैक्षिक रुपान्तरण सफल हुने भन्दै निःशुल्क शिक्षाको कार्यान्वयनका लागि वैकल्पिक स्रोतको खोजी गर्न सरकार लागिपरेको जानकारी दिए ।

उनले सामुदायिक विद्यालयमा दरबन्दी व्यवस्थापन असन्तुलित हुनुमा बिना नक्साङ्कन र योजनाबिना विद्यालय स्वीकृति दिने विगतको अभ्यास बाधक रहेको टिप्पणी गर्दै स्रोतको सुनिश्चितता नभएसम्म विद्यालयको स्तरोन्नतिको सिफारिश नगर्न स्थानीय तहलाई आग्रह गरे ।

त्रिभुवन विश्वविद्यालयका पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा चिरञ्जीवी खनालले विधागत पत्रकारिता खोजमूलक रिपोर्टिङमा जान सकेमा समाजमा रुपान्तरण हुने जनाए । शिक्षाविद् डा सुशन आचार्यले पूर्वप्रथामिक र आधारभूत तहको जग बलियो नभएसम्म माध्यमिक र विश्वविद्यालय तहको शिक्षामा गुणस्तर वृद्धि हुने धारणा राखे ।

कार्यक्रममा बालमैत्री वातावरणमार्फत आफ्नो विद्यालयको सुधारमा नेतृत्व गर्ने काठमाडौँको पञ्चकन्या आधारभूत विद्यालयका प्रअ विनिता रञ्जित र सिरहाको जनता आधारभूत विद्यालयका प्रअ देवकुमार महतोलाई सम्मान गरियो ।

सम्मानित रञ्जितले ५ वर्षभित्र विद्यालयलाई नमूना बनाइने लक्ष्यअन्तर्गत हाल स्मार्ट कक्षाको थालनी गरिएको बताए । अर्का सम्मानित महतोले स्थानीय पाठ्यक्रम तयारी र बाल पुस्तकालय निर्माण गरेर बालबालिकालाई शिक्षा दिइएको जनाए ।

समूहका अध्यक्ष रोश्ना सुब्बाले शिक्षा पत्रकारहरु कक्षाकोठाको रिपोर्टिङ गर्न उन्मुख भएको बताए । समूहका पूर्वअध्यक्ष प्रकाश सिलवालले नेपालमा समूहको स्थापनासँगै मूलधारका सञ्चारमाध्यममा शिक्षा पत्रकारिताको जग बसेकाले संस्था थप सक्रिय हुने अपेक्षा व्यक्त गरे ।