९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी एकता टुङ्गियो : अध्यक्ष दाहाल

अ+ अ-

गलकोट । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता टुङ्गिएको बताएका छन् ।

बागलुङको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटनमा उनले देशमा समृद्धि नआएसम्म शहीदको सपना पूरा नहुने भन्दै अहिलेको सरकारले समृद्धिका लागि आवश्यक पर्ने सबै कानून निर्माण गरेको बताए।

उनले अबको समय भनेको समृद्धिका लागि निर्माण गरेका कानूनलाई टेकेर अगाडि बढ्नुको विकल्प नभएको बताए । देशमा समृद्धि आएमा मात्र शहीदको सपना पूरा हुन्छ भन्दै अध्यक्ष दाहालले शहीदलाई परिचयपत्रको व्यवस्था गर्ने बताए ।

दाहालले भने, ‘पार्टी एकीकरणको लागि अब कुनै कसुर बाँकी राख्दैनौँ ।’ उनले नेपाली जनताले आर्थिक अभावमा उपचार तथा शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको यो सरकारले अन्त्य भएको बताए ।

दाहालले विद्यालयमा प्राविधिक शिक्षा तथा भौतिक सुधारका लागि आफूले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललगायतको उपस्थिति रहेको थियो ।

विद्यालयले शिक्षा प्रेमी, उद्यमी, विद्यालयका पूर्वविद्यार्थी, पूर्वशिक्षक विद्यालय व्यवस्थापन समितिलगायत संघ संस्था तथा व्यक्तिबाट स्वच्छिक रकम सङ्कलन गर्दा रु ७० लाख बढी सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक थमप्रसाद रोकाले जानकारी दिए ।

विद्यालयले रु डेढ करोड सङ्कलन गर्ने र कम खर्चमा स्वर्ण महोत्सव सम्पन्न गरी बचत रकमले अक्षयकोष निर्माण गर्ने र ब्याजबाट प्राप्त रकमले प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले बताए ।

कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा हाल ४९१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापनका कक्षा सञ्चालन गरे पनि रोजगारमूलक शिक्षाको लागि प्राविधिक विषयको पठनपाठन शुरु गर्ने योजना विद्यालयले जनाएको छ । शिक्षा मन्त्रालयबाट सम्बन्ध प्राप्त लिई कक्षा ११ र १२ मा कृषि तथा भेटेरनरी विषयको कक्षा विद्यायलमा सञ्चालन गर्ने योजना बनाएको खत्रीले बताए ।

स्वर्णमहोत्सव अवधिभर आधारभूत विद्यालयस्तरीय छात्र भलिबल प्रतियोगिता, खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुला वडास्तरीय महिला भलिबल प्रतियोगिता, ताराखोला गाउँपालिकास्तरीय प्राथमिक तहस्तरीय पदम चन्द्र स्मृति हाजिरी जवाफ प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, खुला सामूहिक सांस्कृतिक नृत्य प्रतियोगिता, आधारभूत तहस्तरीय चित्रकला प्रतियोगिता, अभिभावक पुरुष र महिला रस्साकस्सी प्रतियोगिता, शिक्षक अभिभावक मैत्रीपूर्ण भलिबललगायतका प्रतियोगिता आयोजना गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस