१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालबालिका योग्य नागरिक बन्नुपर्छ : मन्त्री विश्वकर्मा

अ+ अ-

काभ्रेपलाञ्चोक । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आजका बालबालिका भविष्यको योग्य नागरिक बन्नुपर्ने बताएका छन् । धुलिखेल नगरपालिका–६ बड्खेलमा आज सिद्धार्थ बालगृहको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा भने, ‘भाइबहिनी तपाईँहरु असल नागरिक बनेर देशको सेवामा लाग्नुपर्छ, यसका लागि समयसापेक्ष राम्रो अध्ययन आवश्यक हुन्छ ।’

उनले समाजलाई सकारात्मक दिशातर्फ लैजान पनि असल नागरिकको खाँचो रहेको बताए ।

मन्त्री विश्वकर्माले बालबालिकाको प्रतिभा प्रष्फुटनमा अविभावकले उचित अवसर दिनुपर्ने बताए । ‘मुलुकलाई अझै बहुआयमिक नागरिकको खाँचो छ’, उनले थपे, ‘बालबालिकामा अन्तर्निहित प्रतिभा उजागर गरी बहुआयामिक बनाउनु जरुरी हुन्छ ।’

मन्त्री विश्वकर्माले अप्ठेरोमा परेका बालबालिकाको अधिकार स्थापित गराउन प्रत्येक नेपाली सजग रहनुपर्ने बताए । बालबालिकाको संरक्षणमा सबै पक्ष उत्तिकै लाग्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले अब स्वास्थ्य, शिक्षा र आवासबाट कोही पनि वञ्चित नहुने जिकिर गरे । उनले भने, ‘आम नागरिकको स्वास्थ्य, शिक्षा र आवासको प्रत्याभूति राज्यको हो ।’

गैरसरकारी संस्था महासंघ नेपालका महासचिव रामप्रसाद सुवेदीले संरक्षणविहीन बालबालिकाको विषयमा गम्भीर हुन र संरक्षणका नाममा विकृति फैलाउनेलाई कारवाही गर्न सरकारसँग आग्रह गरे । बालबालिकाको निमित्त गैसस महासंघका अध्यक्ष मनोज कँडेलले गैससले असहाय बालबालिका संरक्षण गरी सहयोग गरेकोमा सरकार खुशी हुनुपर्ने बताए ।

बालगृह महासंघका अध्यक्ष दुर्गादेवी मैनालीले नेपालका ५६३ बालगृहमा करीब २० हजार असहाय बालबालिका संरक्षित भएको जानकारी दिँदै ती बालबालिकाको जन्मदर्ता प्रक्रियामा राज्यको सहयोगको आवश्यकता औँल्याए ।

कार्यक्रममा सिद्धार्थ बालगृहका अध्यक्ष सर्मिला श्रेष्ठले जर्मन हेल्प फाउण्डेशनको करीब रु ५ करोडको सहयोगमा १८ कोठे भवन निर्माण गरिएको जानकारी दिए । उक्त बालगृहमा हाल ४८ जना बालबालिका संरक्षित छन् ।

प्रतिक्रिया दिनुहोस