१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवालाई प्रशासनिक काम सिकाउँदै बुद्धशान्ति

अ+ अ-

भद्रपुर । झापाको बुद्धशान्ति गाउँपालिकाले आफ्ना पालिकाका युवालाई स्वरोजगार बनाउने उद्देश्यले प्रशासनिक काम सिकाउन थालेको छ ।

गाउँपालिकाभित्रका कक्षा १२ उत्तीर्ण गरेका १२ युवालाई लिखित र प्रयोगात्मक परीक्षाका माध्यमद्वारा वैशाख १३ गते छनोट गरी काम सिकाउन थालेको हो । कार्यालयमा १९ जनाको आवेदन परेको थियो ।

कम्प्युटरमा नेपाली तथा अङ्ग्रेजी दुवै भाषा टाइप गर्न सक्ने युवालाई स्थानीय सरकारले सञ्चालन गर्ने योजना तथा कार्यक्रममा दक्ष बनाउने उद्देश्यले मासिक छ हजार खाजा खर्च दिएर परिचालन गरिएको पालिकाका अध्यक्ष रमेशकुमार भुजेलले बताए ।

“तीन महीनासम्म उहाँहरुलाई गाउँपालिका कार्यालय र वडामा आवश्यकताअनुसार योजना, बजेट, अनुगमन तथा मूल्याङ्न पद्धतिका बारेमा सिकाउँछौँ”, अध्यक्ष भुजेलले भने, “भविष्यमा अनुभवका आधारमा सरकारी कार्यालयमा जागिर खान र काम गर्न उनीहरुलाई सजिलो हुनेछ ।”

दिनानुदिन पढे लेखेका युवा वैदेशिक रोजगारमा जाने हुँदा मुलुकमा दक्ष जनशक्ति अभाव हुन नदिन गाउँपालिकाले प्रत्येक तीन तीन महीनामा १२ जनाका दरले काम सिकाउने उद्देश्यले बजेट नै विनियोजन गरेको उनले बताए।

उनका अनुसार गत वर्ष पालिकाले ४० युवालाई लोकसेवाको कक्षा सञ्चालन गरेर तालीम प्रदान गरेको थियो ।

हाल प्रयोगात्मक रुपमा तालीम लिइरहेका १० युवती र दुई युवक रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनञ्जयकुमार साहले जानकारी दिए । उनले प्रयोगात्मक तालीमले युवालाई भविष्यमा निजामती सेवामा प्रवेश गर्न लोकसेवा आयोगको परीक्षामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस