२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मल्लकालीन निरौली दरबार जीर्ण हुँदै

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको जोरायल गाउँपालिका–६ निरौलीस्थित पुरातात्विक महत्व बोकेका मल्लकालीन निरौली दरबार जीर्ण हुँदै गएको छ ।

पर्यटकीय सम्भावना बोकेको सो दरबार उचित संरक्षण तथा सम्वर्द्धनको अभावमा दिनानुदिन जीर्ण बन्दै गएको हो । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका र पर्यटकीय हिसाबमा उच्च सम्भावना बोकेका सो मल्लकालीन दरबारको उचित संरक्षण र सम्वर्द्धन नहुँदा भत्किएर जीर्ण बन्दै गएको निरौली बसोटीका स्थानीयवासी खड्कबहादुर बोहराले बताए । उनले भने, ‘पुरानो कलात्मक शैलीका सो दरबार संरक्षण नहुँदा भत्किँदै गएको छ, यसको संरक्षण गर्नु जरुरी छ ।’

स्थानीय जनताबाट सङ्कलन गरिएको मास पिसी गारो बनाएको र त्यसै गारोबाट नौ तल्ले दरबार निर्माण भएको निरौलीका अर्का स्थानीवासी हेम हमालले बताए । तत्कालीन मल्लराजा निरैपालले आफ्नो शासनकालमा निर्माण गरिएको उक्त दरबार नाघी मल्लराजाको शासन कालपछि खाली भएको इतिहास छ ।

त्यही निरैपाल राजाका नामबाट पछि गएर सो ठाउँलाई निरौली नामकरण गरिएको किंवदन्ती रहेको जोरायल गाउँपालिका– ५ गड्सेराका स्थानीयवासी ९० वर्षीय जीतबहादुर विष्टले बताए । उनले भने, ‘यस्तो ऐतिहासिक र पुरातात्विक महत्वका दरबारको संरक्षणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्छ ।’

राजा नाघी मल्ल र सोही ठाउँमा रहेका भागेश्वर देवताबीच को ठूलो भन्ने विषयमा घम्साघम्सी (भनाभन) चलेको कथन थियो । राजाले आफू ठूलो भएको जिकिर गरेपछि भागेश्वर देवताले उहाँको दरबारलगायत अन्य बस्तुभाउ सबैलाई कम्पन गराई छलदेखाएपछि राजाले भागेश्वर देवतासँग माफी मागेर तपाई नै ठूलो हो भनी पूजा गर्न थालेको डोटेली चैत ९धुमारी० मा उल्लेख गरिएको जोरायल गाउँपालिका– ६ निरौलीका ८० वर्षीय नरबहादुर बोहराले बताए ।

उनले भने, ‘नाघी मल्ल राजा र भागेश्वर देवताबीच भएको को ठूलो भन्ने विवादको कहानीमा बनाइएको धुमारी अहिले पनि हामी गौरा पर्वको बेलामा धुमारी अर्थात् डेउडा खेल्छौँ, जो आफैँमा अति रोमाञ्चक र सुनौँसुनौँ लाग्छ ।’ भग्नावशेका रुपमा परिणत हुँदै गएको उक्त दरबारको माथिल्लो तलामा गएर हेदा सर्प (नाग) देखापर्ने गरेको र दरबारमा बहुमूल्य सम्पत्ति हुन सक्ने अनुमान छ । दरबारमा भएको सर्पको डरका कारण कसैले पनि उत्खनन गर्ने आँटसमेत नगरेको स्थानीयवासी नवराज भण्डारीले बताए ।

निरौली गाउँको माथि अग्लो रमणीय डाँडामा रहेको उक्त दरबारको समयमै उचित संरक्षण तथा सम्र्वद्धन गरिए त्यहाँको ऐतिहासिक र पर्यटकीय विकास हुने स्थानयवासी बताउँछन् ।

निरौली दरबारको संरक्षणका लागि गाउँपालिकाले पहल चाल्ने तथा केही समयभित्रमै विज्ञको रायसुझाव र सल्लाहका आधारमा उत्खनन तथा संरक्षण गरिने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, ‘हामी विज्ञ टोली तथा स्थानीय बुढापाकासँग राय सुझाव लिइरहेका छौँ, सबैको सल्लाह र सुझावमा दरबारको उचित संरक्षण तथा सम्र्वद्धन गरिने छ ।’

यतिमात्र नभई उक्त क्षेत्रमा तत्कालीन अवस्थामा मल्ल राजाले प्रयोग गर्ने मगराउ (नाउला, कुवा) पनि जीर्ण बन्दै गएका छन् । त्यस्तै जिल्लाको बडीकेदार गाउँपालिका र्बैछनस्थित रिसेडी दरबारबाट राजा घोडामा चढेर निरौली दरबारमा आउने जाने समयमा बीच बाटोमा रहेको घोडालाई दाना पानी दिने ढुङ्गा तथा फलामका तोपडा पनि संरक्षण नहुँदा जीर्ण हुन थालेका छन् ।

यहाँका प्रसिद्ध पर्ब गौरामा पनि राजा नाघी मल्ल तथा भागेश्वर देवताका बारेमा रचिएका गीत (चैत, धुमारी) गाउँने चलन अझै रहेको जोरयाल गाउँपालिका– ५ गड्सेराका समाजसेवी डिल्लीराज जोशीले बताए ।

उनले भने, ‘आँखै अगाडि देखिने महत्वपूर्ण दरबार त संरक्षण नहुँदा दिनानुदिन लोप हुँदैछ, चैत, धुमारी पनि लोप नहोला भन्न सकिन्न ।’ पुरातात्विक महत्व बोकेका यहाँको मल्लकालीन दरबारको संरक्षण तथा सम्वर्द्धन गरिदिन स्थानीयवासीले सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् ।