२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासका लागि सहयात्राको आवश्यकता : महासचिव पौडेल

अ+ अ-

रुपन्देही । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले विकासमा सहयात्रा आजको आवश्यकता भएको बताएका छन् । बुटवल– १३ मा निर्माण गरिएको लायन्स सिद्धबाबा स्वास्थ्य उपचार केन्द्र आज उद्घाटन गर्दै उनले विकासमा सबैको सहकार्य र साझेदारी आवश्यक रहेको उल्लेख गरेका हुन् ।

सबैको एकता र सहकार्यले नगर, वडा तथा टोलको विकासले फड्को मार्छ भन्दै महासचिव पौडेलले दलगत स्वार्थलाई पन्छाएर साझा जिम्मेवारीका साथ अगाडि बढ्न सबैलाई आह्वानसमेत गरे । रुपन्देहीलाई सडक सञ्जालबाट जोड्न बुटवल–बेलहिया र तिनाउ–दानव नदी करिडोरसहित दर्जनौँ सडक आयोजनाको काम निर्माणको चरणमा रहेको चर्चा गर्दै उनले यी योजना सम्पन्न हुँदा रुपन्देही पूर्णरुपले विकसित हुने बताए ।

लायन्स क्लब अफ बुटवल सिद्धबाबाका अध्यक्ष डिल्लीनारायण पाण्डेले सेवाको भावना राखेर स्थानीयवासीको उपचारका उपचार केन्द्र सञ्चालनमा ल्याइएको बताए । भवन निर्माण समितिका संयोजक योगेश घिमिरेले क्लबका सदस्यको सहयोगमा रु एक करोडको लागतमा यस केन्द्रको भवन निर्माण गरिएको जानकारी गराए । उक्त वडाको नयाँगाउँ उच्च माविले उपलब्ध गराएको पाँच कट्ठा जमीनमा उक्त केन्द्रको दुईतले भवनको निर्माण गरिएको थियो ।