९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देश समृद्धिको यात्रामा अघि बढेको छ : ऊर्जामन्त्री पुन

अ+ अ-

घोराही । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देश समृद्धिको यात्रामा अघि बढेको बताएका छन् ।

तत्कालीन विद्रोही माओवादीले युद्धको शुरुआत भएको स्थल रुन्टीगढी गाउँपालिका–९ होलेरीमा निर्माण गरिएको शान्ति स्मारक पार्कको आज उद्घाटन गर्दै उनले भने, ‘देशलाई समृद्धिको बाटोमा हिडाउनु नै वर्तमान सरकारकोे मुख्य कार्यभार हो ।’

मन्त्री पुनले देशमा भएका परिवर्तनको जग बसाल्ने थलो होलेरी भएको उल्लेख गर्दै जनयुद्ध शुरुआत भएको २५ वर्ष पूरा हुँदैगर्दा देशको राजनीतिक परिवर्तन मात्रै नभई व्यवस्था परिवर्तन हुनुमा होलेरीको अहम् भूमिका रहेको बताए ।

विसं २०५२ फागुन १ गते होलेरीमा आक्रमण गर्दा तत्कालीन नेकपा माओवादीमा आफू युद्ध कमाण्डर भएर लडेको स्मरण गर्दै उनले मुलुक संघीयतामा गएसँगै अहिले समृद्धिका राम्रा सङ्केत देखा परेको बताए ।

तत्कालीन समयमा प्रहरी चौकी रहेको स्थानमा शान्ति स्मारक निर्माण गरिएको हो । प्रदेश सरकारको रु ३० लाख, गाउँपालिकाको रु ३० लाख तथा जनश्रमदान रु आठ लाख ५५ हजार ९२६ गरी कूल रु ६८ लाख ५५ हजार ९२६ मा सो स्मारक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष गोपाल डाँगीले बताए ।

सो अवसरमा रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले यो स्मारकले पर्यटकलाई आकर्षित गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस